नगरपालिकाले यस्ता प्रतियोगिता गराई विद्यार्थीको आन्तरिक प्रतिभा परिपुष्ट गर्छ, नै विद्यालहरूलाई पनि प्रतिस्पर्धात्मक बनाउँछ।
लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन। श्री राजाजी जनता माध्यमिक विद्यालय काचनमा (वार्षिक शैक्षिक कलेण्डर कार्यक्रम) अन्तरर्गत शुक्रबार बोदे बरसाईन नगरपालिका स्तरीय शुक्रबारे अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ।
सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर—८ मा नगरभरभित्रका ३० वटा सामुदायिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा पठन सीप(१—३), हिसाव दौड(४—५),हाजिरी जवाफ(६—८)र खुला निवन्ध लेखन प्रतियोगिता(कक्षा १२ सम्म) का विद्यार्थीहरुले अतिरिक्त कला प्रदर्शन गरेका थिए ।
त्यसैगरी, हिसाव दौड प्रतियोगितामा छात्रातर्फ रा.प्रा.विं गौराकी नन्दनी कुमारी मण्डल प्रथम, तपशी बाबा रा.प्रा.वि.धनगढी प्रियँका साहले दोस्रो र जनता आधारभूत विद्यालय देउरीकी प्रतिक्षा कुमाी रामले तेस्रो स्थान प्राप्त गरे। भने छात्रतर्फ आ.वि भाटिनका शिवम पंडित प्रथम,रा.प्रा.वि. गौराका निरज कुमार मण्डलले दोश्रो र मा.वि.काचनका रुपेश यादव तेश्रो भएकाछन्।
सो कार्यक्रमका प्रमुख अतिथि सप्तरी क्षेत्र४(ख) प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादव, विशिष्ट अतिथि बोदे बरसाईन नगरपालिका नगर उपप्रमुख रेणु साह रहनु भएको थियो । अतिथिहरु वडा नम्बर-८ का वडा अध्यक्ष बैजनाथ चाैधरी, नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञा सभा सदस्य डा. सूर्य प्रसाद यादव, नगर शिक्षा अधिकृत रामसागर यादव, श्रोत व्यक्ति रामसेवक यादव,मा.वि. काचनका प्र.अ. सत्य नारायण यादव लगायत उपस्तिति रहेको थियो।
श्री राजाजी जनता माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लाल बहादुर यादवको सभापतित्वमा कार्यक्रम भएको थियो।
प्रतिक्रिया