logo
  • २०८२ पुष ४ | Fri, 19 Dec 2025
  • अध्यादेश दुबै सदनबाट पारित हुन्छ : महासचिव प्रदीप ज्ञवाल

    अध्यादेश दुबै सदनबाट पारित हुन्छ : महासचिव प्रदीप ज्ञवाल

    राजविराज। सत्तारुढ नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञवालीले सरकारले ल्याएको अध्यादेशहरु दुबै सदनबाट पारित हुने बताएका छन् ।

    प्रेस चौतारी, सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले उक्त कुरा बताएका हुन् । ‘कसैले बिरोध गरेमा पनि पारित गराउन सरकारसँग विकल्प छ’ उनले भने । यद्यप विकल्पबारे उनले खुलाउन चाहेन ।

    भूमी सम्बन्धी अध्यादेशको अध्ययन गर्न उनले बिरोध गर्ने जसपा नेपाल र लोसपा नेपालका नेतालाई आग्रह गरे । ‘यसलाई गहिरिएर अध्ययन गरेमा कसैले पनि यसको बिरोध गर्दैन्’ उनले भने, ‘प्रचार गरिएजस्तो व्यवस्था यो अध्यादेशमा छैन ।’
    वन, जंगल, आरक्षको जग्गा बितरण गर्ने हल्ला मात्र भएको उनले बताए ।

    अहिले देशमा ४ लाख भूमिहिन रहेको र उनीहरुलाई आवासको आवश्यक्ता भएको उनले बताए । उनीहरुलाई आवासको व्यवस्था गर्नुपर्नेमा भूमिहिनको अवस्था त्यस्तै होस् भन्नेले नै भूमी अध्यादेशको बिरोध गरिरहेको उनको भनाई छ । ‘यदी यस्तो सोंच्ने हो भने भूमिहिनको पीडा र आँशुले पोल्नेछ’ उनले भने ।

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन ३, शनिबार १७:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP