लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन: सिरहा-सप्तरीमा भारतीय रुपैयाँको चरम अभावले भारु नोट खोज्ने सर्वसाधारणले बैंक देखी बजारका पसल समेतबाट रित्तो हात फर्किने गरेका छन । अहिले भारतको प्रयागराजमा लागेको कुम्भ मेला भर्न जान चाहने तीर्थयात्रीको संख्या ह्वातै बढेको छ। सोही मोका छोपी ५देखी ७ रुपैया सम्म बट्टा लिएर भारु सटही गर्ने थालेको सर्वसधारणको गुनासो गरेका छन्।
उपचार, शिक्षा, भारतीय बजारमा किनमेल तथा तीर्थ यात्रा लगायतका कामका लागी दैनिक व्यक्ति लहान,राजविराज सम्म सर्वसाधारण भारतीय नोटका लागी बैंक तथा पसलहरुमा आउने गरेका छन। बैँकमा भारु नोटको सटही काउन्ट संचालन नहुदाँ स्थानीयहलाई सास्ती भई रहेको छ।नेपाली एक हजार रुपैयाँको रु. छ सय २५ भारु पउनु पर्नेमा छ सय देखि छ सय दशमा साटन बाध्य
भारतीय बजार लौकहा दैनिक घरखर्चीमा प्रयोग हुने समान किनमेल गर्न गएका लहान डेरा गरेर बस्दै आएकी सुनिता यादवले भने नेपाली एक हजार रुपैयाँको छ सय दश भारुमा अर्थात नौ सय ७६ रुपैयाँ नेपाली मात्र पाएको गुनासो गरे।
भारतीय बजारमा नेपाली बजारमा मुद्राको मूल्य घटिरहेको छ । लामो समयदेखि १ दशमलब ६ को अनुपातमा रहेको बजार मूल्य निर्धारित रहेको छ। अहिले घटेर निर्धारित मूल्यभन्दा नेपाली ५ रुपैयाँ कममा कारोबार गर्न बाध्य भएका भगवानपुरका किरना व्यवसायी श्याम शाहले बताए। उहाँल भने ‘कानूनी हिसाबले पहिले र अहिलेको दररेटमा कुनै फेरबदल आएको छैन । तर गित ६ वर्ष देखि यस्तो समस्या देखा परेको हो। साहले भने अहिले भारत धार्मीक यात्रा जान नेपालीहरु बढेकोले बट्टाको मूल्य अरु समयभन्दा थप आकाशिएको सुनाए।
बोदे बरसाईन नगरपालिका—५ का जितेनद्र यादव धार्मिक यात्रामा जान लागेको छ। उहाँलाई सुरुमा व्यापारीले भने भारु छैन।तर पछि आकर्षक बट्टा दिने भएपछि मात्र दिन तैयार भयो । यादवले भने ‘नेपाली रुपैयाँ अवमूल्यन गरेर १ सय भारुका लागि १७० तिर्नुपरेको सुनाए ।
विगतमा राजविराज स्थित राष्ट्रिय बाणिज्य बैंकले सर्वसाधारका सुविधाका लागी भारु सटही काउन्टर नै खोली सेवा प्रदान गर्दै आएको थियो । बैंकले घरकाजका लागी भन्दै प्रति निवेदन १ हजार पाँच सय र उपचारका लागी पाँच हजार पाच हजार भारु दिदै आएको थियो। तर सो सुविधा बैंकले विगत ८ वर्ष देखी बन्द गर्दा सर्वसाधारण मारमा परेका हुन । गत आईतवार राष्ट्रिय मुक्ति पार्टी नेपाल सप्तरीले उक्त सटही काउन्टर सेवा पुनःसंचालनको माग गर्दै राजबिराज स्थित रहेको राष्ट्रिय बाणिज्य बैंकलाई ज्ञापन पत्र बुझाएको छ।
प्रतिक्रिया