logo
  • २०८२ बैशाख १० | Wed, 23 Apr 2025
  • गाउँ ब्लकको जग्गा अध्यावधिक गर्न मालपोत कार्यालय लहानलाई उपकरण प्रदान

    गाउँ ब्लकको जग्गा अध्यावधिक गर्न मालपोत कार्यालय लहानलाई उपकरण प्रदान

    लहान। यहाँको लहान नगरपालिकाद्धारा गाउँ ब्लक जग्गा अध्यावधिक गर्न चाहिने आवश्यक उपकरण मालपोत कार्यालय लहानलाई प्रदान गरेको छ । आज नगरप्रमुख महेश प्रसाद चौधरीले दुई थान कम्प्युटर सेट, दुई थान प्रिन्टर र अन्य उपकरणहरु मालपोत कार्यालयका कर्मचारीलाई हस्तान्तरण गर्नुभएको हो ।
    उपकरण हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले भन्नुभयो,“लहान नगरपालिकाको सयौं घरपरिवारको गाउँ ब्लकको जग्गा नाप नक्सा भएर पनि फुकुवा भएको छैन । विभिन्न समयमा जग्गा फुकुवा गर्न र पुन : जग्गाको अद्यावधिक गर्न संघर्ष समिति बनाएर आन्दोलन भएको र नगरपालिकासँग भएको सहमति अनुसार हामीले आवश्यस उपकरण प्रदान गरेका छौँ । यसले आगामी दिनमा यस सम्बन्धीको माग पुरा गर्नलाई सहजता हुनेछ भन्ने विश्वास लिएको छु ।”

    गत माघ महिनामा गाउँ ब्लक जग्गा फुकुवा संघर्ष समितिले गाउँ ब्लकमा पर्ने जग्गा फुकुवा गर्न माग गर्दै आन्दोलन गरेको थियो । संघर्ष समितिको मागहरुमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धतापछि फागुन १ गते चार बँुदे सहमतिसँगै आन्दोलन स्थगित भएको थियो ।
    सोही अनुसार नगरपालिकाको तर्फबाट मेयर महेश चौधरीले मालपोत कार्यालयलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा संघर्ष समितिका संयोजक अरुण केसीको पनि उपस्थिति रहेको थियो । अब मालपोत कार्यालयले अध्यावधिक काम अगाडि बढाउने जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ चैत्र १०, आईतवार २२:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP