logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • राजबिराज: मधेश कृषि विश्वविद्यालयको लागि सिटि जुलुस

    राजबिराज: मधेश कृषि विश्वविद्यालयको लागि सिटि जुलुस

    सप्तरी। प्रदेश गाैरव आयोजनाका रूपमा रहेका मधेश कृषि विश्वविद्यालयको समस्या समाधान गर्न सप्तरीका विद्यार्थी संगठनहरुले आन्दोलनको क्रममा सिटि जुलुस प्रर्दशन गरेका छन्।

    मंगलबार राजविराजमा सिटि जुलुस प्रदर्शन गर्दै उनीहरुले मधेश कृषि विश्वविद्यालको समस्या समाधान गर्न माग गरेका हुन।

    विश्वविद्यालयका कुलपति ‌मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह तथा सह कुलपति शिक्षा मन्त्री रानी शर्मा तिवारीसँग मधेश कृषि विश्वविद्यालयको समस्या समाधान गर्न उनीहरूले आइतबार ज्ञापनपत्र मार्फत माग गरेका थिए। त्यसपछि सोमबार उनीहरूले ऱ्याली प्रदर्शन गरेका छन्।

    समाजबादी विद्यार्थी युनियन, अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ, अखिल क्रान्तिकारी र मविव स्ववियुले संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै मधेश कृषि विश्वविद्यालय सिनेटको बैठक मधेश प्रदेश सरकारले सम्पन्न नगरेको कारण विश्वविद्यालय समस्याग्रस्त रहेकोप्रति ध्यानाकर्षण गराएका थिए।

    सिनेटको बैठक सम्पन्न नभएकोले प्राध्यापक र कर्मचारीहरुले तलब नपाई विश्वविद्यालयमा तालाबन्दी गरेकोले पठनपाठन समेत अवरुद्ध भएको प्रति ध्यानाकर्षणको आग्रह गरेका छन्।

    मधेश प्रदेश सरकारले समस्या सल्टयाउनुको सट्टा झन भाँजो हाल्ने काम गरिरहेको उनीहरूको भनाई छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन ६, मंगलवार २०:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP