logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • अख्तियारमा उजुरी परेपछि उपभोक्ताले ब्याजसहित फिर्ता गरे पैसा

    अख्तियारमा उजुरी परेपछि उपभोक्ताले ब्याजसहित फिर्ता गरे पैसा

    लोकेन्द्र प्रसाद यादव 

    राजविराज। राजविराज नगरपालिकाले जडान गरेको सिसिटिभी क्यामेरामा अनियमितताको छानबिन हुन थालेपछि उपभोक्ता समितिका पदाधिकारीले रकम फिर्ता गरेका छन् ।

    उपभोक्ता समिति मार्फत जडान गरिएको सिसिटिभी क्यामेरामा आर्थिक अनियमितता पुष्टि हुन थालेपछि जडान गर्न खर्चिएको रकम नगरपालिकाको राजस्व खातामा फिर्ता गरिएकाे हाे ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले माघ २७ गते पत्र लेख्दै नगरपालिकाका कार्यवाहक मेयर इसरत परविन, सिसिटिभी क्यामेरा जडान गर्ने उपभोक्ता समितिका पदाधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिष्णु गुरुङ, योजना अधिकृत मनोज यादव सहित ७ जनाको छानबिनका लागि विस्तृत विवरण मागेपछि रकम फिर्ता गरिएको हो ।

    अनियमितता गरेका रकमको ब्याज सहित ५० लाख ५० हजार रुपैयाँ राजविराज नगरपालिकाको राजस्व खातामा फागुन ४ गते जम्मा गरेको हो।

    राजविराज नगरपालिकाले सिसिक्यामेरा जडान गर्नको आर्थिक वर्ष ०८०/८१ मा विनियोजित ५१ लाख बजेटलाई टेन्डर नलगाई राजबिराज साैन्दर्यकरण उपभोक्ता समितिबाट गत जेष्ठ २४ गते सम्झौता भएको अनुसार जडान गराएको थियो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन ६, मंगलवार २३:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP