logo
  • २०८२ बैशाख १० | Wed, 23 Apr 2025
  • बोदे बरसाईनमा क्षयरोगका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर

    बोदे बरसाईनमा क्षयरोगका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर

    लोकेन्द्र प्रसाद यादव
    बोदे बरसाइन।सप्तरीको बोदे बरसाइन नगरपालिकाको स्वास्थ्य शाखाले पालिकाभित्रका स्वास्थ्य चौकीमा क्षयरोगका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
    क्षयरोग मुक्त अभियान कार्यक्रम अन्तर्गत समुदाय स्तरमा सक्रिय क्षयरोग खोजपडताल छातिको निःशुल्क एक्सरे, खकार जाँच नगरपालिकाको आयोजनामा तथा मधेश प्रदेश स्वास्थ्य निर्देशनाल सपही धनुषाको सहयोगमा स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा र वडामै गएर क्षयरोगका बिरामीको पहिचान गरी रहेको स्वास्थ्य शाखका संयोजक बैजनाथ साहले बताउनुभयो।
    विसं.२०८१ चैत १८ गते देखि स्वास्थ्य चौकी धनगढीबाट सुरु भएको क्षयरोग खोजपडताल कार्यक्रम २२ चैतसम्म नगरभित्र विभिन्न वडा आवशयकता अनुसार थप ठाउँमा संचालन हुने स्वास्थय शाखाले जनाएको छ।
    नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने लक्ष्यसहित सुरु भएको अभियानको अनुगमन बोदे बरसाईन नगरपालिका नगरप्रमुख आतेश कुमार सिंहले गरेका छन्।
    सूक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग नै क्षयरोग हो। स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी बढी रहेको छ।
    गाउँमै क्षयरोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेकामा यहाँका बासिन्दालाई स्वास्थ्य जाँच गर्न सहज भएको र उक्त स्वास्थ्य शिविरबाट पालिकाका दशवटै वडाका ज्येष्ठ नागरिकलगायतले स्वास्थ्य शिविरबाट सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ चैत्र १८, सोमबार २३:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP