काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद एक जना सदस्य नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको विसं.२०८२ बैशाख ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार राजकिशोर यादवलाई राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त गरिएको हो ।
राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा (५)को उपदफा (४) अनुसार यादवलाई नियुक्त गरिएको हो । उनको पदावधि ४ वर्षको रहनेछ ।
सप्तरीको बोदे बरसाईन नगरपालिका—७ का यादव तरणदलका नेता तथा लोकतान्त्रिक खेलकुद महासंघ सप्तरी क्षेत्र नम्बर—४ का क्षेत्रीय सचिव समेत हुन् ।

प्रतिक्रिया