बोदे बरसाईन। जनता समाजवादी पार्टीकी सह–अध्यक्ष रेणु यादवले मधेश तथा आदिवासी आन्दोलनको मर्म अनुसार संविधान संशोधन आवश्य रहेको बताए। जनता समाजवादी पार्टी मधेश प्रदेश अगुवा कार्यकर्ता भेलालाइ जनकपुरधाममा सम्बोधन गर्दै पूर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री रहेकी यादवले अहिलेको अवस्थामा कुनै राजनीति दलको नेता संविधान संशोधन बारे चुको बोली रहेको छैन, आरोप लगाउदैँ उनले भने जब सम्म राज्याको पुर्णर संरचना सच्चयाएन भने मधेशी कहिले बहुमत ल्याउन सक्दै भने। उनले भने जनसंख्याको आधारमा समानुपातीक समावेशी सिट निधारर्ण लागि पनि संविधान संशोधन अपरिहार्य रहेको बताए।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै पार्टीभित्र एकलौटी निर्णय लाद्ने प्रवृत्तिका कारण पार्टी पुनर्गठन गर्नु परेको बताउनुभयो। उहाँले उपेन्द्र यादवलाई “ज्ञान भए पनि व्यवस्थापन गर्न नसक्ने” भन्दै, पार्टी सञ्चालनमा गम्भीर गल्ती गरेकाले भविष्यमा जनतासँग माफी माग्नुपर्ने अवस्था आउन सक्ने टिप्पणी गर्नुभयो।
उहाँले पार्टीभित्रको एकलौटी शासन र प्रदेशमा भइरहेको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा आफूलाई दबाउने प्रयास गरिएको गुनासो राख्दै, लामो अन्तर संघर्षपछि जसपा पुनर्गठन गर्नुपर्ने अवस्था आएको बताउनुभयो। उनले उपेन्द्र यादवको महाधिवेशनलाई निर्वाचन आयोगले अहिले सम्म बैधानिकता नदिएको समेत बताए।
सो कार्यक्रममा जसपा का अध्यक्ष अशोक कुमार राइ, महासचिव इस्तियाक राईन, उप महासचिव खानेपानी मन्त्री प्रदिप यादव, महिला बालबालिका मन्त्री नवल किशोर साहसहित दर्जनौं केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।
भेला आयोजक समितिका संयोजक डा. विरेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भेलाले अशोक यादवको अध्यक्षतामा २६ सदस्यी मधेश प्रदेश समिति चयन गरेको छ।
प्रतिक्रिया