लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन।सप्तरीको राजविराजमा शैक्षिक रुपान्तरण लेल मातृभाषामे शिक्षा तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान—प्रदान, सम्मान ‘‘शैक्षिक विमर्श” कार्यक्रम शनिबार आयोजना भएको थियो।
उक्त कार्यक्रम शहरी विकास कार्यालय राजविराजको सभाहलमा इन्टेलेक्चुअल फाउण्डेशन राजविराज, नेपालको आयोजनामा समपन्न भएको छ । सो ‘‘शैक्षिक विमर्श” कार्यक्रममा सहभागी जिल्लाका बौद्धीक वर्ग, अगुवाहरुले जिल्लामा शैक्षिक गुणस्तर खस्किदै गएको प्रति चिन्ता व्यक्त गर्नु भएको थियो। साथै नेपालको संविधानको धारा ३१ को उपधारा ५ मा मातृभाषामा शिक्षा पाउने हक सुरक्षित रहेकोले सोही कानुनलाई टेकेर अधारभूतह सम्म स्थानीय सरकाले स्थानीय पाठ्यक्रम लागु गरि मातृभाषामा शिक्षा दिन सक्ने व्यवस्था हुदाँ पनि संविधानले दिएको हक पनि जिल्लाका स्थानीय तहले कार्यान्वयन नगर्नुु सरोकारवालाहरुले चासो व्यक्त गरेका थिए ।
यस्तै जिल्लाका पुरानो विद्यालयहरुले पनि शैक्षिक अधारभूत सुविधा पूरा गर्न सकेको प्रति चासो राख्दै जिल्लका क्रियाशिल राजनीतिक दलले पनि यसलार्य गम्भिरतापूर्वक नलिएको गुनासो सहभागीहरुले गरे।
सो कार्यक्रमाका प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसर प्रविणले भने म जनताको मतबाट नगर उपप्रमुख जिम्मेवारी पाए। तर पालिकामा विकसित भएको नयाँ घटना क्रमले दोहरो जिम्मेवारी पाए। दोहरो भूमिकाको पद चलाउन संघर्ष गर्नुपर्यो। काबा नगरुप्रमुख प्रविणले भने एक वर्ष वातावरण बनाउन समय खर्च भयो। त्यसमा पनि मुस्लिम महिलाको संघर्ष हो, बताउदैँ भने नगरपालिकामा भएका विद्यालयहरुको अनुगमनमा जदाँ म सन्तुष्ट हुन सकिरहेका छैन भने।
राज्यले शिक्षामा लागानी गरेपनि सुधार हुन सकि रहेको छैन। एउटा सिस्टमलाई नष्ट गर्न धेरै समस्याबाट गुज्रिरहेको बताए । उनले भने वडा अध्यक्ष, अभिभावक,शिक्षक सबै एक जुट भएर काम गर्नुपर्ने बताए ।
यहाँ विद्यालमा रहेका शसर्त बजेट पनि व्यवस्थित रूपमा नचलाउन सक्ने विद्यालयलाई नगरपालिकाले कसरी थप बजेट दिन प्रश्न गर्दै भने त्यस्ता विद्यालयको अवस्था कमजोर रहेको कक्षा अपग्रेड गर्न मांग गरि रहेको कसरी दिने?उनले प्रश्न गरे। यही अवस्था रहयो भने शिक्षा गुणस्तर हुन नस्कने बताए।
सो कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवले भने हामी मातृभाषामा बोल्छौ, तर लेख्न आउँदैन किनभने भने हामीलाई लेखाई सिपको ज्ञानै भएन।उनले भने मैथली भाषा ऐतिहासिक बिदेह राज्य हालको मिथला पुरानो गौरव संस्कृति बोकेको प्राचिन भाषा हो । ‘‘ हामी मैथली भाषामा समाजिक , पारिवारिक र सांस्कृति जिवन बिताई रहेकोले यसको संरक्षण गर्नु पनि हामी सबैको साझा दायित्व रहेको बताए। ”
सो नयाँ वर्ष२०८२ को शुभकामना आदान—प्रदान, सम्मान शैक्षिक विमर्श कार्यक्रममा महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस प्रमुख सुशिल कर्ण,मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादव, अवकाश प्राप्त प्राध्यापक डा. रामखेलाउन यादव, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख कुन्दन कर्ण, शिक्षविदे डा.जय नारायण यादव, धर्मी हल्फा युवा विकास कल्वका अध्यक्ष सामजेवी इनिजनियर सूर्य नारायण यादव,मिलाप अध्यक्ष रमिला साह लगायतले मंक्तव्य राखेको थियो।
सो कार्यक्रम शैक्षिक जागरण अभियानमा कृयाशिल शैक्षिक अभियानी इन्टेलेक्चुअल फाउण्डेशन राजविराज, नेपालका अध्यक्ष डा.सूर्य प्रसाद यादवको अध्यक्षतामा समपन्न भएको थियो। सो कार्यक्रमको संचाल सघन शहरी विकासका राजविराजका सूचना अधिकारी प्रमोद यादवले गर्नु भएको थियो।
0-4480×2038-0-0#
प्रतिक्रिया