logo
  • २०८२ जेष्ठ ५ | Mon, 19 May 2025
  • पूर्ववडाध्यक्ष साह किर्ते जालसाजी मुद्दामा पक्राउ

    पूर्ववडाध्यक्ष साह किर्ते जालसाजी मुद्दामा पक्राउ

    ओम प्रकाश ठाकुर
    मिर्चैया। सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर –२ का पूर्ववडाध्यक्ष खुशीलाल साहलाई प्रहरीले पक्राउ गरेको छ।

    किर्ते जालसाजी मुद्दामा साहलाई सोमबार बिहान आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    सिरहा प्रहरीका अनुसार २०८० माघ १९ गते मा वडाध्यक्ष सुरेशकुमार यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छापसमेत किर्ते गरी चारकिल्ला सिफारिस बनाएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अदालतबाट म्याद लिएर उनीमाथि थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो।

    २०७९ को पछिल्लो निर्वाचनमा भने नवराजपुर गाउँपालिका अध्यक्षका लागि एमालेबाट चुनाव लडेका खुशीलाल साह पराजित भएका थिए । भने साह २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाँउपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ बैशाख ८, सोमबार २०:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP