logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

    डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत रामकिुसन यादव, इन्जिनियरद्वय कुलानन्द बिराजी र रामाकान्त चौधरी, सव इन्जिनियर संजय कुमार यादव, योजना शाखामा कार्यरत शाखा अधिकृत बिनोद कुमार ठाकुर,सहायकस्तर पाँचौ निकिता चौधरी, लेखापाल अनिता परियार र जि.एस. निर्माण सेवा र उक्त निर्माण सेवाका प्रोप्राइटर विजय कुमार यादवबिरुद्व भ्रष्टाचार मुद्दा दायर भएको हो ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजुलीको पोलमा उच्चस्तरीय लाइट जडान गर्ने कार्यमा अनियमितता गरेको भन्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    नगरपालिकाको सम्पूर्ण वडामा विजुलीको पोलमा उच्चस्तरीय पोल लाईट जडान कार्यको लागि नगरपालिकाबाट आर्थिक वर्ष २०७८÷०७९ मा बजेट विनियोजन भई सो जडान कार्यको लागि ठेक्का दिएकोमा कमसल किसिमको स्टेट लाईट खरिद तथा जडान गरी फर्जी बिल भरपाई बनाएको पाइएको अख्तियारले जनाएको छ ।

    नगरपालिकामा पेश गरी विनियोजित पूरै रकम असार मसान्तमै भुक्तानी लिई दिई हिनामिना गरेको सम्बन्धमा परेको उजुरीमा अनुसन्धान हुँदा नगरपालिकाले आ.ब. २०७८÷०७९ मा नगरका सम्पूर्ण वडाहरूमा १४८ थान लेड स्ट्रीट लाइट जडान सम्वन्धी रु.४८ लाख २४ हजार ८७४ कबोल अंक भएको खरिद प्रक्रियामा प्रचलित सार्वजनिक खरिद ऐन, नियम र कार्यविधि विपरीत ठेकेदारसँगको बदनियतपूर्ण मिलेमतोमा नगरपालिकालाई गैरकानूनी हानि पु¥याउने बदनियतले लागत अनुमान तथा कार्य सम्पन्न प्रतिवेदन बमोजिम फिल्डमा नभए नगरेका कामहरूको समेत मूल्याङ्कन गरी गराई गलत कार्य सम्पन्न गरेको अख्तियारले जनाएको छ ।

    गलत प्रतिवेदन तयार गरी रू.३ लाख ९२ हजार २०० निर्माण ब्यवसायीलाई भुक्तानी भएको र सप्लाई एण्ड डेलिभरी अफ लेड स्ट्रीट लाइट पर टेक्निकल स्पेसिफिकेसनको लागत अनुमान तयार गर्दा पुष्ट्याईको आधार तथा बिना नम्स अस्वभाविक मूल्य राखी लागत अनुमान तयार गरेको देखिएको छ ।

    उक्त कार्यमा बजार मूल्यभन्दा बढी मूल्य राखी भुक्तानी भएको रू.२१ लाख १२ हजार ३३० समेत गरी जम्मा रू.२५ लाख ४ हजार ५३०।– सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

    उक्त कार्यमा संलग्न आठै जना प्रतिवादीहरु उपर सजायको मागदावी लिई विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रबक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ बैशाख ३१, बुधबार १८:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP