logo
  • २०८३ बैशाख १६ | Wed, 29 Apr 2026
  • समुदायिक विद्यालयको नाउँमा श्री ५ कायमै

    समुदायिक विद्यालयको नाउँमा श्री ५ कायमै

    लोकेन्द्र प्रसाद यादव
    बोदे बरसाईन।सप्तरीको बोदे बरसाईन नगरपालिका—७ मानराजा स्थित रहेका एक समुदायिक विद्यालयको नाउँमा श्री ५ कायमै राखेको पाइएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १७ वर्ष पुग्दाँ पनि यहाँको ‘श्री ५ महेन्द्र चुन्नी माध्यमिक विद्यालय मानराजा’को नाउँ हालसम्म पनि परिवर्तन नभएको हो ।
    वि.सं २०६५ जेठ १५ गतेको संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र घोषणा गरेको थियो । सोही बैठकले श्री ५ सरकारको नाउँको सट्टामा नेपाल सरकार राख्ने घोषणा गरेको थियो ।
    सामुदायिक विद्यालयको नाउँमा हालसम्म पनि श्री ५ शब्द कायमै रहनु गंम्भीर लापरबाही रहेको स्थानीय राज किशोर यादवले बताउनुभयो । “देशमा गणतन्त्र आएको १७ वर्ष पुगिसक्यो । तर, यस विद्यालयलाई अहिलेसम्म गणतन्त्र आएन”, उहाँले भन्नुभयो,“यस्तो हुँनु सरकारी निकायको गंभिर लापरबाहि हो । शिक्षा जस्तो क्षेत्रमा किन र के कारण यस्तो त्रुटि भैई रहेको हो भन्ने सम्बन्धमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ।”
    यता नगरपालिकाका नगर शिक्षा अधिकृत रामसागर यादवले नेपालमा राज संस्था हटेकोले विद्यालयको नाउँबाट पनि श्री ५ हट्नु पर्ने बताउँदै अभिभावक भेलाको मांग गरि विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर शिक्षा समितिमा पेश गरे नाम संसोधन गर्न आफुँले पहल गर्ने बताउनुभयो। उहाँले भन्नुयो,“यसमा अभिभावक भेला बसी विव्यसले विद्यालयको नाउँ फेर्न अनुरोध गरे शिक्षा मन्त्रालयबाट नाम फेर्न सकिन्छ । त्यसको लागि समन्वय गर्न हामी तयार छौँ, उनले भने।”
    विद्यालयका प्रधानाध्यापक हेमकिशोर यादवले भने तत्कालिन समयमा राजा महेन्द्रले विद्यालयको इँट राखेर स्थापाना गरेको र सोही समयबाट विद्यालयका नाममा श्री ५ लेख्दै आएको हुनाले आफूले पनि निरन्तरता दिएको बताउनुभयो ।
    नेपाल विधिवत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र घोषणा भई सकेको अवस्थामा विद्यालयको नाममा श्री ५ लेख्नु व्यवस्था विपरित रहेको नेपाली कांग्रेस बोदे बरसाईन नगर सभापति दिपेन्द्र यादवलेको भनाई छ । उहाँले विद्यालयको पुरानै नाउँले राज संस्था कायमै रहेको झल्को दिएको भन्दै यसलाई तत्काल बदल्नुपर्नेमा जोड दिनुभयो ।

    विद्यालय स्थापनाको पृष्ठभूमि
    विसं.२००७ सालमा सप्तरीकै साविक खडकपुर गाउँ विकास समिति घर भएका स्थानीय शिक्षाप्रेमी बिन्देश्वरी प्रसाद यादवले विद्यालयलाई १ सय विघा जग्गा प्रदान गरी श्री बिन्देश्वरी जनता हाई स्कूल मानराजा नामाकरण गरी भारतीय मूलका शिक्षकहरुबाट पठापाठन कार्य भई रहेको थियो।
    विसं.२०१३ सालमा सप्तरी भ्रमणमा आएका तत्कालीन राजा महेन्द्रले विशेषअधिकारको प्रयोग गरी श्री बिन्देश्वरी जनता हाई स्कूल मानराजा संस्थाको सम्पति राजविराज कलेजमा हस्तान्तरण गरे। सो पश्चात उक्त कलेजको नाम महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराज हुन गयो। संस्थाको सम्पति राजविराज कलेजमा हस्तान्तरण भएपछि एघार वर्ष सम्म विद्यालयको व्यवस्थापन अन्यौलग्रसत रहयो।
    उक्त विद्यालयको यस्तो अवस्था देखेर विसं. २०२४ साल असार २४ गते साविक खडकपुर गाउँ विकास समिति घर भएका स्थानीय तत्कालिन शिक्षाप्रेमी तथा बुद्धिजीवि गुन्जेश्वरी प्रसाद यादवले आफनो निजि सम्पतीबाट २८ विघा जग्गा विद्यालयलाई दान गरे। उहाँले आफनो बुवा चुन्नी लाल यादवको नाउँ राजा महेन्द्रको नामसंग जोडी विद्यालयको नाम श्री ५ महेन्द्र चुन्नी माध्यमिक विद्यालय मानराजा कायम गराए । सो नाम हाल सम्म कायमै रहेको छ।

    यसरी नेपालबाट राज संस्था विधिवत अन्तय भएपनि विद्यालयले सरकारी कामकाजमा श्री ५ लेखेको लेटर प्याड प्रयोग गर्नु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मर्म विपरित रहेको स्थानीयको बुझाई रहेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ चैत्र १९, मंगलवार २०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP