धनुषा। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्दैछ ।
मधेस प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए ।
नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिनुभयो।
प्रतिक्रिया