logo
  • २०८२ बैशाख १० | Wed, 23 Apr 2025
  • बोदेबर्साइनमा निजि हस्पिटलको मनोमानीः मुख्यमन्त्री सिँहद्धारा अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन

    बोदेबर्साइनमा निजि हस्पिटलको मनोमानीः मुख्यमन्त्री सिँहद्धारा अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन

    लोकेन्द्र प्रसाद यादव
    बोदे बरसाईन। सप्तरीको बोदेबर्साइनमा स्वास्थ्य व्यावसायी परिषद्बाट दर्ता प्रमाणपत्र नलिएका स्वास्थ्यकर्मी खटिने र मापदण्डविपरीत आकस्मिक उपचार कक्षमा आठ बेड र अन्तरङ्ग विभागमा नौ बेड सञ्चालन गरिरहेको जीवन ज्योति हस्पिटल प्रालिलाई १५ दिनभित्र कानुनसम्मत ढङ्गले सञ्चालन गर्न निर्देशन दिइएको छ ।

    बोदेबर्साइन नगरपालिकाबाट १५ शय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेको सो अस्पतालले मापदण्डविपरीत विभिन्न कक्ष तथा विभागमा बढी शय्या सञ्चालन गरिरहेको तथा तोकिएको निकायबाट सेवा प्रदान गर्ने अनुमति नलिएका स्वास्थ्यकर्मीका भरमा स्वास्थ्यसेवा प्रदान गर्दैआएकाले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अस्पताललाई नियमसम्मत तवरले सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

    स्थानीय तहबाट १५ शय्याको सेवासञ्चालन अनुमति प्राप्त गरेर सञ्चालमा आएको सो अस्पताल मापदण्डअनुसार नै सेवा दिनुपर्ने स्थिति देखिएकाले स्वास्थ्य संस्था सञ्चालन निर्देशिकाअनुसार प्रदेश सरकारको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयबाट १५ दिनभित्र अनुगमन गराई मापदण्डअनुसारको व्यवस्थापनका आधारमा मात्र अस्पताल सञ्चालन गर्न मुख्यमन्त्री सिँहले निर्देशन दिएको उनका प्रेस सल्लाहकार अनिलकुमार कर्णले बताए ।

    मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार कर्णले नेपाल स्वास्थ्य व्यावसायी परिषद् ऐन २०५२ ले ऐन प्रारम्भ भएको एक वर्षपछि दर्तावाला स्वास्थ्य व्यावसायीबाहेक अन्य स्वास्थ्य व्यावसायीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले स्वास्थ्य सेवा प्रदान गर्ने कामलाई दण्डनीय बनाए पनि अस्पतालमा उपलब्ध स्वास्थ्यकर्मी दर्तावाला नरहेको तर्फ मुख्यमन्त्री सिँहको ध्यानाकर्षण भएको जानकारी दिए ।

    आइतबार बोदेबर्साइनस्थित पाँच अस्पतालको अनुगमन गरेका मुख्यमन्त्री सिँहले कुनै पनि तहबाट सेवा सञ्चालन अनुमति नलिएका थप चार अस्पताललाई बन्द गर्ने निर्देशन दिएका छन् ।

    बन्द गर्न निर्देशन दिइएका अस्पतालमा लाइफ केयर पोलिक्लिनिक प्रालि, छिननमस्ता डेन्टल क्लिनिक प्रालि, सगरमाथा डेन्टल क्लिनिक प्रालि, नईमा हेल्थ केयर एण्ड डाइगनेष्टिक सेन्टर र अक्टोभोग आइकेयर प्रालि छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ चैत्र १७, आईतवार २०:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP