राजविराज -सप्तरीको छिन्नमस्ता गाउँपालिकामा मंगलबार आयोजना गरिएको पाठेघरको रोग पहिचान तथा अप्रेशन सम्बन्धि एक दिने निशूल्क स्वास्थ्य शिविरमा दुई सय पचास जनाले स्वास्थ्य जाँच तथा अप्रेशन सेवा लिएका छन्।
गाउँपालिकाको सहयोगमा छिन्नमस्ता विकास सेवा राजविराजले आयोजना गरेको नि:शूल्क स्वास्थ्य शिविरमा विराट मेडिकल कलेस टिचिङ अस्पताल, विराटनगरका चिकित्सकहरुले सेवा दिएका छन् ।
स्त्रीरोग विशेषज्ञ डा.राहुल सेढाईले महिलाहरूमा पाठेघरको समस्या र सेतो पानी बग्ने जस्ता समस्याहरू अत्यधिक देखिएको छ।
छिन्नमस्ता गाउँपालिका -१ का वडाअध्यक्ष ललन यादबले २१औं शताब्दीमा महिलाहरूले बजारमा खुलेर बोल्न चाहँदैन र गाउँघरमै शिविर भएकोले खुलेर आफ्नो समस्या राख्न सहज हुने बताए ।
शिविरमा सेवा लिएकी महिलाहरुले महिला लक्षित निशूल्क स्वास्थ्य शिविरहरु समय-समयमा हुनुपर्नेमा जोड दिएकी छन् ।
शिविरमा अप्रेशन, भिडियो एक्स-रे, पाठेघरको रोग पहिचान जस्ता सेवा प्रदान गरिएको छिन्नमस्ता विकास सेवा राजविराजका अध्यक्ष विनोदकुमार साफीले जानकारी दिए।
सो शिविरमा औषधी पनि वितरण गरिएको छ। कार्यक्रममा पालिकाका उपाध्यक्ष राजुदेवि यादब , वडा नम्बर -१ का वडाअध्यक्ष ललन यादब , वडा नम्बर -३ का वडअध्यक्ष बिजय यादब स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र यादब र स्वास्थ्य चाैकी इन्चार्ज सरबन कुमार साहलगायतकाे समेत सहभागीता रहेकाे थियोे।

प्रतिक्रिया