logo
  • २०८२ माघ ५ | Mon, 19 Jan 2026
  • सप्तरी: प्रजिअ दहाल द्वारा कोशी पम्प नहरको स्थलगत निरीक्षण कृषकको खेतमा सिंचाइ सुविधा पुर्‍याउन आवश्यक  निर्देशन

    सप्तरी: प्रजिअ दहाल द्वारा कोशी पम्प नहरको स्थलगत निरीक्षण कृषकको खेतमा सिंचाइ सुविधा पुर्‍याउन आवश्यक  निर्देशन

    बोदेबरसाईन। सप्तरी जिल्लामा सिंचाइ, विद्युत र मलको चरम अभाव झेलिरहेका किसानहरूको समस्यालाई लिएर विभिन्न राजनीतिक दल र संघसंस्थाहरूको संयुक्त प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी भोला दाहाल समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै समस्या समाधानका लागि तत्काल पहल गर्न माग गरेसंगै प्रजिअ दहाल तत्कालै वस्तु स्थिति बुझ्न स्थलगत अनुगमन सुरू गरेकाछन्।

    कोशी पम्प नहरमा चरम समस्या

    सप्तरीको कोशी पम्प नहर (CIR) प्रणालीमा देखिएको समस्या समाधानको माग गर्दै गरिएको ध्यानाकर्षणपछि प्रजिअ दाहाले तत्काल एक प्राविधिक टोलीलाई लिएर स्थलगत निरीक्षण गरिएको छ। टोलीमा कोशी पम्प नहर कार्यालयका इन्जिनियर गौरव कर्ण, इन्जिनियर शम्भुप्रसाद मण्डलसहित अन्य सिँचाइ तथा विद्युत् क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।

    सो निरीक्षणपछि प्रमुख जिल्ला अधिकारीले तत्काल सुधारकम लागि तीनवटा प्रमुख निर्देशन दिएका छन् । पम्प नहरको तीनवटा पम्प फर्म तुरुन्त सञ्चालनमा ल्याउने, कम भोल्टेजका कारण बिग्रिएको मोटरपम्प सञ्चालनका लागि विद्युत् प्राधिकरण प्रमुखलाई तत्काल उच्च भोल्टेज आपूर्ति सुनिश्चित गर्न निर्देशन , यस्तै नहरको HR (Head Regulator) स्थानबाट अनावश्यक रुपमा पानी खोलिएको पाइएकाले २४ घण्टे निगरानी र नियन्त्रण सुनिश्चित गर्न प्राविधिकलाई कडाइका साथ निर्देशन दिनुभएको छ।

    यस्तै प्रजिअ दाहालले प्राविधिक टोलीलाई कृषकको खेतमा सिंचाइका सुविधा कसरी पुग्ने DPR (Detailed Project Report) तयार गर्न निर्देशन दिँदै, आवश्यक बजेट र नीतिगत समर्थनका लागि माथिल्लो निकायमा पहल गरिने बताएका छन्।

    स्थानीय उपभोक्ता समितिको बैठक बस्ने

    यसैगरी कोशी पम्प नहर क्षेत्रअन्तर्गत D1 देखि D9 सम्मका सबै उपभोक्ता समिति अध्यक्षहरूलाई मिति २०८२ साउन १२ गते कोशी पम्प कार्यालयमा बोलाई आपसी समन्वयमा पानी वितरण गर्न बैठक आयोजना गरिएको छ। बैठकले सिँचाइ वितरण थप प्रभावकारी र सन्तुलित बनाउनका लागि आवश्यक रणनीति बनाउने निर्णय गरेको छ।

    सिँचाइ, कृषि र विद्युत निकायका प्रतिनिधिहरूको संयुक्त टोलीले स्थल निरीक्षण गरी समस्याको स्थायी समाधानतर्फ आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ। किसानहरूका श्रम, लगानी र भविष्य खेर जान नदिन सक्दो चाँडो सबै पक्षबाट सहकार्य गरिने जानकारी दिनुभयो ।

    कोशी पम्प नहर कार्यालय राजबिराजको लापरबाहीले गर्दा बोदेबरसाईन नगरपालिका र बालन बिहुल गाउँपालिकाको कृषकहरूको जग्गा नहर गएको छ। तर नहरको पानीले पछिल्लो तीस वर्ष देखि सिंचाइ गर्न पाएका छैनन्। वर्षेनी कडराे खर्च गर्ने कोशी पम्प नहर कार्यालय उदासीन हुदाँ खडकपुर गाउँको नहर झर्नामा परिणत हुन थालेको छनै । किसानको खेत समेत निलन थलेको छ।

    “नेपाल कृषि प्रधान देश हो” भन्ने सर्वमान्य तथ्यका बावजुद, मधेश प्रदेशको कृषिमा देखिएको सरकारी बेवास्ता र कमजोर पूर्वाधार व्यवस्थापनका कारण किसानहरू दिनानुदिन समस्यामा परिरहेका छन्। मधेशलाई अन्नको भण्डार मानिन्छ, जहाँ ७० प्रतिशतभन्दा बढी जनसंख्या कृषि पेशामा निर्भर छ। तर, सिँचाइ, मल, बीउ र विद्युत जस्ता अत्यावश्यक पूर्वाधारको अभावले गर्दा कृषकहरू ठूलो मारमा परेका छन्।

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण ११, आईतवार २३:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP