logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • सासूले जबर्जस्ती आफ्नी बुहारीलाई गर्भपतनको औषिध खुवाएपछि

    सासूले जबर्जस्ती आफ्नी बुहारीलाई गर्भपतनको औषिध खुवाएपछि

    रामशंकर भण्डारी

    राजबिराज।सप्तरीमा एक सासूले जबर्जस्ती आफ्नी बुहारीको गर्भपतन गराएकी छिन्।‌ हनुमाननगर कंकालिनी नगरपालिका– २, सकरदहीकी सनिसा खंगकी सासूआमा चुलबुलदेवीले‌ मंगलबार राति जबर्जस्ती बच्चा खसाउने औषधि खुवाएर उनको गर्भपतन गराएकी हु‌न्।‌  राति सासूआमा र काकीसासू सीता खंगले जबर्जस्ती आफूलाई औषधि खुवाएको सनिसाले बताइन्।

    ‘काकीसासू छातीमा चढेर हात च्यापिन्, सासूले औषधि खुवायो, कुन औषधि थियो थाहा भएन, बच्चा खसाउनै खुवाएको थियो,’ सनिसाले भनिन्। औषधि खाएपछि जसोतसो त्यहाँबाट भागेकी सनिसालाई प्रहरीको सहयोगमा बिहान ४ बजे गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो।

    अस्पताल प्रशासनका अनुसार अत्यधिक पेट दुखाइले छटपटाइरहेको अवस्थामा अस्पताल पुगेकी सनिसाको बुधबार बिहान ८ बजे गर्भपतन भएको छ।‌ उनको १७ हप्ताको गर्भ पतन भएको अस्पतालको मेसु प्रकाशप्रसाद साहले बताए।

    प्रहरीले उनकी सासूआमा चुलबुलदेवी र ससुरा परमेश्वर खंगलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ २८, बुधबार १९:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP