logo
  • २०८२ मंसिर ६ | Sat, 22 Nov 2025
  • नवराजपुर गाउँपालिकाको बेरुजु १७ करोड नाध्याे

    नवराजपुर गाउँपालिकाको बेरुजु १७ करोड नाध्याे

    बोदेबरसाईन। सिरहाको नवराजपुर गाउँपालिकाको बेरुजु रू १७ करोड नाघेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा रू. १ करोड ४७ लाख १४ हजार बेरूजु थपिएसँगै कुल १७ करोड ७१ लाख ४९ हजार बेरुजु पुगेको हो ।

    सुसाशानकाे कुरा गर्ने नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादवको पालिकामा बेरुजुकाे चाङ्ग थपिए संगै आर्थिक अनुशासन कमी रहेको स्थानीय बासिन्दाहरूमा चर्चा हुन थालेका छन्।

    यस्तै गाउँपालिकाले एकीकृत वित्तीय विवरण अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त रु. ८ करोड ९१ लाख ३३ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रु. १ लाख ९७ हजार र प्रशासकीय भवन निर्माणको रु. १२ लाख समेत गरी रु. ९ करोड ५ लाख ३० हजार रूपैयाँको लेखापरीक्षण गराएको छैन।

    पाँच करोड संघीय संचित कोषमा फिर्ता

    गाउँपालिकाको लागि संघीय सरकारबाट ससर्त अनुदान रू. १३ करोड २३ लाख ८० हजार, समपूरक अनुदान रू. ५ लाख र विशेष अनुदान रू. ८० लाख समेत रू. १४ करोड ८ लाख ८० हजार प्राप्त भएकोमा वर्षान्तसम्म खर्च हुन नसकी रू. ५ करोड २७ लाख ११ हजार बचत रहेको छ । उक्त बचत रकम मिति २०८१ असोज २३ मा संघीय संचित कोषमा फिर्ता गरेको छ । सङ्घबाट प्राप्त भएको अनुदान रकम खर्च हुन नसक्दा स्वीकृत कार्यक्रम कार्यान्वयनमा असर परेको छनै ।

    गाउँपालिकाको रु. ७९ करोड १७ लाख ६९ हजारको लेखापरीक्षण गरिएकोमा रू. १ करोड ४७ लाख ३७हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा प्रतिक्रियाबाट रु. २३ हजारको बेरुजु फस्यौट भई बाँकी बेरुजु प्रमाण कागजात पेस गर्नपर्ने रू ३७ लाख ६३ हजार समेत यस वर्ष १ कराेड ४७ लाख १४ हजार बेरुजु कायम रहेको छ। पालिकाकाे गत वर्षसम्म रू१६ कराेड २५ लाख ३५ हजार बेरुजु बाँकी रहेकोमा यो वर्ष समायोजन र सम्परीक्षणबमट फस्टाैट एवं कायम भएको बेरुजु समेत हालसम्मकाे अधावधिक बेरुजु रू १७ कराेड ७१ लाख ४९ हजार रहेको छ।

    आर्थिक वर्ष २०८०/०८१ मा आर्थिक प्रशासन नेतृत्व गरेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहले गरेका थिए।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण १, बिहीबार १९:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP