logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • बोदेबरसाईन:धनगढीको हनुमान चाैकले स्वरूप फेरिए

    बोदेबरसाईन:धनगढीको हनुमान चाैकले स्वरूप फेरिए

    बोदेबरसाईन। सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर- स्थिति धनगढी गाउँको हनुमान चाैक आकर्षक र सुन्दर देखिन थालेको छ।

    कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र ससाना पसल मात्रै देखिने वर्षातमा हिल्लो र हिउँदमा धुलो खेपेका हनुमान चाैकको स्वरुप यतिबेला फेरिएको छ ।

    पहिलाको हिल्लोको दृश्य फटो: भ्वाइस खबर

    बजारको स्वरुप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको उत्साहसमेत देखिन थालिएको छ ।

    मधेश प्रदेश सरकार अन्तर्गत रहेका पूर्वाधार विकास कार्यालय सप्तरीले ग्रामीण बस्ती हुदैँ गएका खर्चुहीया- कुशमाहार सडक खण्ड कालोपत्रे बनाएपछि गाउँहरु विकासको मूलधारमा जोडिन थालेका छन् ।भने हनुमान चाैकको सुन्दरता बढेको छ।

    साथै स्थानीय सरकारले धनगढीको हनुमान चाैकमा हनुमान मन्दिर , यात्रु प्रतीक्षालय , चाैकसंगै जोडिएको पोखराको डिलमा बजार व्यवस्थापनका लागि सेड निर्माण, चपुतरा, सामुदायिक भवन र हाईमास्ट लाइट जडान गरिएको छ। जसले रातीको समयमा पनि दिन जस्तै उज्यालो देखिन्छ ।
    उक्त चाैकमै बोदेबरसाईन नगरपालिका-१ वडा कार्यालय पनि रहेको छ।

    अहिले चाैकमा ठुल ठुल्ला पकी घर निर्माण भईरहेको छ। स्थानीयका अनुसार नगरपालिका गठन भएपछि यो ठाउँको विकासले गति पाएको बताए। अब स्थानीय सरकारले वृक्षारोपण गरि चाैकको हरयाली बढाउनु पर्ने स्थानीयको मांग रहेको छ।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र २०, शुक्रबार ०९:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP