logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • वार्ता: थिति विसंगति विरुद्ध संघर्ष समिति र गाउँपालिका वीच आठ बुँदे सहमति

    वार्ता: थिति विसंगति विरुद्ध संघर्ष समिति र गाउँपालिका वीच आठ बुँदे सहमति

    राजबिराज।सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका र वेथिति विसंगती विरुद्ध संघर्ष समिति वीच ८ बुँदे सहमति भएको छ। गाउँपालिकाको आव्हानमा बुधबार कार्यवाहक अध्यक्ष नेतृत्वका पालिकाका प्रतिनिधि र संघर्ष समितीका प्रतिनिधि वीच भएको दुईपक्षीय वर्तामा उक्त सहमति भएको हो ।

    ‘इटहर्वा बजारको सार्वजनिक जग्गा २ नम्बर वडा कार्यालयले पेश गरेको प्रतिबेदनलाई अनुमोदन गरि सम्बन्धित निकायलाई पत्राचार गर्ने, दरबन्दी बाहेकका कर्मचारीहरुको करारनामा यथासिघ्र भंग गर्ने, सार्वजनिक विदाको दिन सरकारी सवारी साधन नचलाउने यस्तो पाइएमा कानून अनुसार कारबाही गर्ने, कृषकहरुलाई मल, बीउ आदि विशेष सहुलियत दरमा समयमै वितरण गर्ने’ सहमति भएको छ ।

    यसैगरी ‘ठोस योजना तर्जुमा गर्ने उपभोक्ता समिती गठन तथा ठेक्का लगाउँदा पूर्व सूचना जारी गरि योजनाको विवरण अनिवार्य रुपमा सूचना पार्टीमा राख्ने, गाउँपालिकाबाट सूचना माग गर्दा यथासिघ्र उपलब्ध गराउने,पालिकाको सार्वजनिक, ऎलानी जग्गाहरु संरक्षण, सम्बर्द्धन गर्ने तथा अतिक्रमन गरिएका खाली गराउने, आजको मितिबाट समितिको आलोचना तथा समालोचना भए ज्ञापनपत्र टेलिफोनको माध्यमबाट कार्यबाहक अध्यक्ष ज्यूलाई जानकारी गराउने र सामाजिक संजालबाट प्रमाणित नभएको सामाग्री दुबैपक्षले प्रसारण प्रकाशन नगर्ने सहमति भएको संघर्ष समितिका प्रबक्ता तुलसी थारुले जानकारी दिए ।

    गाउँपालिका कार्यालयमा भएको बार्तामा गाउँपालिकाको तर्फबाट कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादव, वडा नम्बर २ का वडाध्यक्ष पशुपति प्रसाद चौधरी, वडा नम्बर ३ का वडाध्यक्ष गोपाल प्रसाद चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष तेज नारायण यादव,वडा नम्बर ६ का वडाध्यक्ष अशोक कुमार आचार्य,वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष गाया प्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

    यसैगरी संघर्ष समितिको तर्फबाट संयोजक अरुण कुमार चौधरी सह संयोजक दुर्गानन्द यादव, सचिब मिलन कुमार चौधरी, प्रबक्ता तुलसी थारु र अर्जुन कोइरालले हस्ताक्षर गरेका छन् ।

    दुईपक्ष वीच भएको सम्झौता पछि तत्कालका लागि संघर्ष समितिको पूर्वनिर्धारित सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएको प्रबक्ता थारुले जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ मंसिर ११, बिहीबार ०९:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP