logo
  • २०८३ जेष्ठ १० | Sun, 24 May 2026
  • शिक्षित राजविराज निर्माणको अभियानमा डा. सूर्या

    शिक्षित राजविराज निर्माणको अभियानमा डा. सूर्या

     

    लोकेन्द्र प्रसाद यादव
    बोदेबरसाईन । आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सामाजिक अभियन्ता डा. सूर्या प्रसाद यादव (सूर्या) ले आफू शिक्षित र विकसित राजविराज निर्माणको स्पष्ट भिजन लिएर अगाडि बढी रहेको बताए ।

    उनले राजविराज नगरपालिकाको नेतृत्वमा आउने अवसर पाए आफूले सबैभन्दा पहिले नगरभित्र रहेका सरकारी विद्यालयहरूको स्तर उन्नतिमा विशेष प्राथमिकता दिने बताउनुभयो। आर्थिक अवस्था कमजोर, विपन्न तथा दलित समुदायका बालबालिकासमेतले गुणस्तरीय शिक्षा पाउने वातावरण सिर्जना गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ।

    “राम्रो शिक्षाको खोजीमा हरेक वर्ष राजविराजबाट विद्यार्थी बाहिरिने क्रम बढ्दो छ। नगरभित्र नै गुणस्तरीय शिक्षाको व्यवस्था गरेर विद्यार्थी पलायन रोक्ने मेरो पहिलो प्राथमिकता हुनेछ,” डा.सूर्याले बताउनुभयो ।

    जिल्लाकै शैक्षिक धरोहरका रूपमा रहेका श्री महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजलाई आफू नेतृत्वमा आए भने शैक्षिक अनुदानको व्यवस्था मिलाई  लयमा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ ।

    त्यसैगरी नगरको अर्को प्रमुख चुनौतीका रूपमा रहेको फोहर व्यवस्थापनलाई व्यवस्थित गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ। फोहरको उचित व्यवस्थापन गरी नगरवासीलाई मच्छर आतंक तथा सरसफाइ सम्बन्धी समस्याबाट राहत दिने र राजविराजलाई ‘ग्रीन एन्ड क्लिन सिटी’ का रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो।

    सामाजिक अभियन्ताका रूपमा परिचित डा. सूर्य प्रसाद यादव (सूर्या) त्रिभुवन विश्वविद्यालय अन्तर्गत UGC को Young Fellowship २०७०/७१ कार्यक्रममार्फत आफ्नो PhD सम्पन्न गर्नुभएको थियो।

    हाल उहाँ नेपाल प्रज्ञा प्रतिष्ठान को प्राज्ञ सभा सदस्य तथा इन्टलेक्चुअल फाउन्डेसन नेपाल का अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ।

    उहाँले अहिले “शिक्षित राजविराज, विकसित राजविराज” निर्माणको समुदाय स्तरमा अन्तरक्रिया जस्ता अभियानलाई निरन्तर अगाडि बढाइरहनुभएको छ।

    आगामी स्थानीय निर्वाचनमा राजविराज नगरपालिकाको मेयर पदका प्रत्याशीका रूपमा आफूलाई प्रस्तुत गर्दै शिक्षा, सरसफाइ र समग्र नगर विकासलाई केन्द्रमा राखेर सक्रिय रूपमा अभियान सञ्चालन गरिरहनुभएको बताइएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ बैशाख २८, सोमबार ०८:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP