तोमनाथ उप्रेती
असार पन्ध्रको पवित्र प्रभातमा पग्लिएको पानीजस्तै पसिनाले सिञ्चिएको खेत राष्ट्रको हरियाली गौरवको हिलो–हरफ हो। किसानका करङ–करङमा गुञ्जिएको गीत श्रमको शंखध्वनि र संस्कृतिको संग्राम–संगीत हो। हिलोमा हाँसो मिसाउँदै उनीहरूले सुनझैँ धानको बीउलाई धरतीको काखमा रोप्दछन्, आत्मनिर्भर भविष्यको सपना बिऊझैँ जम्दछ।
दही–चिउराको दिव्यता असारको अमृत–आह्वान हो। दहीको सेतो सौन्दर्यमा स्वाभिमानको स्वर सुरक्षित छ, चिउराको कुरकुरे स्वादमा संघर्षको सम्झना छ। यो केवल खानपानको परम्परा होइन, सजग संस्कृतिको सन्देश र स्वास्थ्यको संजीवनी हो।असार पन्ध्रमा हिलोमा खेल्दै गाइने असारे भाकामा राष्ट्रको राग र श्रमको संग्रामको सन्देश गुञ्जिन्छ। खेतको हिलो राष्ट्रको ताज हो, किसानको हात राष्ट्रको करिश्मा हो।श्रमशील सास र संस्कृति–सिंचनको लयमा किसानहरू राष्ट्रको आत्मनिर्भरता उमार्छन्। उनीहरूको पसिनाका थोपाहरू अन्नका मुरीमा रूपान्तरण भई राष्ट्रको खाद्य सम्प्रभुताको आधारशिला राख्दछन्।असार पन्ध्रको पवित्र प्रभात राष्ट्रको धान्य–दिवस मात्र होइन, धरतीको अमृत–अर्चना र आत्मनिर्भरताको आशीर्वादको उत्सव पनि हो।
दहीचिउरा खाद्य मात्र होइन, अमृततुल्य अनुष्ठान हो, जसले शरीरलाई शक्ति, आत्मालाई आनन्द र संस्कृतिलाई स्थायित्व दिन्छ। दहीको सेतो आभाले नेपाली श्रमिकको निख्खर निष्ठा उजागर गर्छ, चिउराको भुर्रभुर्र टुक्राले हाम्रो श्रमशील समाजको संघर्ष चित्रित गर्छ।यस दिव्यता भित्र विज्ञानको सुस्पष्टता र संस्कृतिको सुगन्ध मिसिएको छ। क्याल्सियम र पोटासियमले शरीरको अस्थिहरूलाई बलियो बनाउँछन् भने परम्पराको पोषणले हाम्रो आत्मालाई अडिग बनाउँछ।
हिलै–हिलोमा खेत रोपेर श्रमको स्वेदमा देशको भविष्य उमार्ने किसानका हातहरूमा दहीचिउराको पवित्रता अर्पण गर्नु राष्ट्रप्रेमको वास्तविक पूजा हो।यो दही–चिउराको दिव्यता असारको अमृत–अनुष्ठान बनेर राष्ट्रको सास र सभ्यताको साक्षी बन्न आइपुग्छ, असार पन्ध्रमा।
कृषि नेपालको राष्ट्र–नाडीमा बग्ने हरियालीको हिलो स्फूर्ति हो । असारको वर्षा आकाशको आशीर्वाद मात्र होइन, यो राष्ट्रको राग, श्रमको संगीत र सासको स्वर हो । असार–साउनको धान रोपाइँ केवल ‘मुठी छरेर मुरी फलाउने’ कुरा होइन, यो स्वतन्त्र अर्थतन्त्रको आत्मगौरव जागृत गर्ने माटोको मन्त्र हो । २७ प्रतिशत जीडीपीको स्तम्भ बनेर कृषि राष्ट्रको मेरुदण्डजस्तै ठाडो उभिएको छ, जसले ६० प्रतिशत जनसंख्याको पसिना र परिश्रमलाई धर्तीमाँ आशीर्वादित अन्नमा रूपान्तरण गर्छ ।
हाम्रो संविधानले कृषिलाई खाद्य सम्प्रभुताको प्रतिवद्धता सहित मौलिक हकको सिंहासनमा राखेको छ । तर, यो अधिकार केवल कागजको कालो अक्षरमा सीमित रहँदा, खेतका माटोमा सुन जस्तो पसिना बगाउने हली, बाउसे, रोपारको श्रम मर्न जान्छ । कृषि नीतिगत, संरचनात्मक र संस्थागत सुधारको आकाशमा जहाज बन्न नसकेसम्म, भोक र पोषण संकटको कालो बादलले हाम्रो राष्ट्रको हरियाली लयलाई निल्दै जान्छ । त्यसैले, कृषि क्षेत्र केवल उत्पादनको पृष्ठभूमि होइन, यो राष्ट्रको स्वतन्त्रताको श्वास र स्वाभिमानको सुगन्ध हो ।
असार १५ रोपाइँको रमझम मात्र होइन, यो नेपाली संस्कृतिको अमृत–अर्घ्य हो । यो दही चिउराको दिव्य भोज हो, जहाँ किसानको पसिनाको स्वाद हुन्छ, उनीहरूको संघर्षको सुगन्ध हुन्छ । दही केवल पाचन र औषधीय गुणले भरिएको खाद्य पदार्थ होइन, यो हाम्रा पुर्खाको अमृत–कथा हो, जसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ, शरीरको कंकाललाई बलियो बनाउँछ, पखाला र मधुमेह जस्ता रोगहरूको शमन गर्दछ । चिउराको साथमा लिइएको दही हाम्रो शरीरमा केवल पोषणको स्रोत होइन, यो जीवनको लयमा लयात्मक शक्ति प्रदान गर्ने जीवन–रस हो ।
रोपाइँका हरेक हिलोका छिटाहरू हर्षका हरफ हुन्, रोपारका हरेक हातका छापहरू राष्ट्रको भूखमरी अन्त्य गर्ने हस्ताक्षर हुन् । असार १५ मा दही चिउरा/सेलरोटी अचार खानु केवल परम्परागत संस्कार होइन, यो कृषि उपजसँग जोडिएको जीवनीको संस्कार हो । यसमा विज्ञान छ, पोषण छ, अर्थतन्त्रको स्वतन्त्रताको स्वप्न छ ।
कृषि क्षेत्रको मेरुदण्ड बन्ने हो भने यो कर्कटक क्यान्सर जस्तो समस्याबाट मुक्त हुनुपर्छ । सिंचाइ, सडक, कृषि बजार, शीत भण्डार, उन्नत बिउको कमी, जैविक तथा भौगोलिक विविधता अध्ययन अभाव, युवा जनशक्तिको वैदेशिक पलायन र जग्गा खण्डीकरणजस्ता समस्याहरूले कृषिको शक्तिलाई शिथिल बनाएको छ । यस अवस्थामा कृषि ऋण, बिमा, नवीन प्रविधि, यान्त्रीकरण र व्यावसायीकरणलाई राष्ट्रको राष्ट्रिय आन्दोलनका रूपमा अगाडि सार्नुपर्छ ।यसका लागि संघ, प्रदेश र स्थानीय तहको त्रिवेणी समन्वय अपरिहार्य छ । कृषि भोक मेटाउने साधनमात्रै नभएर राष्ट्रको आत्मनिर्भरताको शक्ति हो, रोजगारी सिर्जनाको स्रोत हो, औद्योगिकीकरण र निर्यात वृद्धिको लहर हो । यसले गरिबी निवारण मात्र गर्दैन, राष्ट्रिय उत्पादन वृद्धिको टेको र कुटनीतिक साखको उच्चासन पनि प्रदान गर्छ ।
कृषिमा मात्र उत्पादन होइन, परम्परा र पर्यटनको स्वर पनि सँगै बगेको हुन्छ । असार १५ मा गाइने असारे गीत, खेतमा छ्यापिने हिलो, गाइने लयात्मक भाका कृषि पर्यटन विकासको आधार बन्न सक्छ । ‘खेतको हिलो राष्ट्रको ताज हो’, ‘रोपारको हात राष्ट्रको करिश्मा हो’ भन्ने आत्मविश्वासका साथ कृषि पर्यटनलाई संस्थागत गरिनुपर्छ । यसले राष्ट्रको हरियाली संस्कृतिलाई नयाँ रूप र अर्थ दिनेछ ।
कृषिसँग जोडिएका परम्परागत चाडपर्वहरू—साउने संक्रान्तिको हरियो मकै, साउन पन्ध्रको खिर, जनैपूर्णिमाको क्वाँटी, दसैँको दही चिउरा, तिहारको सेलरोटी, माघे संक्रान्तिको खिचडी–तरुल, योमरी पूर्णिमाको योमरी, अक्षय तृतीयाको सातु—यी सबै कृषि पर्यटनसँग जोडिएर राष्ट्रिय आयको स्रोत बन्न सक्छन् । यसबाट ग्रामीण अर्थतन्त्रमा रोजगारीको सृजना, आन्तरिक पर्यटन विकास र सांस्कृतिक जागरण हुन्छ ।अब समय आएको छ, कृषि क्षेत्रलाई वैज्ञानिक ढंगले रूपान्तरण गर्ने हरियाली क्रान्तिको घोषणाको । उन्नत बिउ, मल र सिंचाइको प्रयोग मात्र होइन, कृषकलाई प्राविधिक ज्ञान, मौसम पूर्वानुमान, जलवायु परिवर्तन अनुकूलन, औद्योगिकीकरण र बजार व्यवस्थापनसम्मको पहुँच आवश्यक छ ।
वैदेशिक रोजगारबाट फर्केका युवाहरूले विदेशमा सिकेको प्राविधिक ज्ञान, पूँजी र काम गर्ने संस्कारलाई उपयोग गर्दै कृषि क्षेत्रमा लगानी र व्यवसाय सुरु गर्न सकून् । विदेशबाट फर्केर बेरोजगार बस्नेभन्दा आफ्नै गाउँमा आधुनिक कृषि व्यवसाय सञ्चालन गर्दा उनीहरू स्वावलम्बी हुन्छन्, गाउँको अर्थतन्त्र चलायमान हुन्छ, रोजगारी सिर्जना हुन्छ र खाद्य आत्मनिर्भरता बढ्छ।

साना किसानहरूलाई मात्र व्यक्तिगत रूपमा काम गर्दा उन्नत प्रविधि, ठूलो बजार र वित्तीय पहुँचमा समस्या पर्छ। त्यसैले, उनीहरूलाई सहकारी संस्था (cooperatives) र संघीय सरकारको कृषि कार्यक्रमसँग जोडेर सहजीकरण गर्नुपर्छ। सहकारीले उन्नत बीउ, मल, प्रविधि, सिँचाइ, तालिम, कृषि ऋण र बीमा व्यवस्थापन गर्न सहयोग पुर्याउँछ। संघीय संरचनासँग जोड्दा प्रदेश र स्थानीय तहका बजेट र प्राविधिक सहायताबाट किसान लाभान्वित हुन्छन्।उत्पादन र विपणन (production and marketing) मा सहजीकरण गर्दा उत्पादन बढ्छ, किसानले उचित मूल्य पाउँछन्, गाउँका उत्पादन बजारसम्म पुर्याउन सजिलो हुन्छ, र आयात प्रतिस्थापन हुँदै राष्ट्रिय अर्थतन्त्र बलियो बन्छ।
जैविक खेतीलाई व्यावसायिक बनाउने र आन्तरिक तथा वाह्य बजारमा प्रतिस्पर्धी क्षमता विकास गर्ने हो भने कृषि नेपालमा आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ ।त्यसैले, कृषि केवल खाद्य सुरक्षाको आधार होइन, यो राष्ट्रको स्वतन्त्रताको मूल मन्त्र, समृद्ध नेपालको सार, र भविष्यको आधारशिला हो। किसानका हरेक पसिनाका थोपा राष्ट्रको अर्थतन्त्रमा सुनका थोपा हुन् । असारको हिलो केवल हिलो होइन, यो राष्ट्रको हरियाली भविष्यको उद्घोष हो ।
व्यक्तिगत रूपमा काम गर्दा उन्नत प्रविधि, ठूलो बजार र वित्तीय पहुँचमा समस्या पर्छ। त्यसैले, उनीहरूलाई सहकारी संस्था (cooperatives) र संघीय सरकारको कृषि कार्यक्रमसँग जोडेर सहजीकरण गर्नुपर्छ। सहकारीले उन्नत बीउ, मल, प्रविधि, सिँचाइ, तालिम, कृषि ऋण र बीमा व्यवस्थापन गर्न सहयोग पुर्याउँछ। संघीय संरचनासँग जोड्दा प्रदेश र स्थानीय तहका बजेट र प्राविधिक सहायताबाट किसान लाभान्वित हुन्छन्।उत्पादन र विपणन (production and marketing) मा सहजीकरण गर्दा उत्पादन बढ्छ, किसानले उचित मूल्य पाउँछन्, गाउँका उत्पादन बजारसम्म पुर्याउन सजिलो हुन्छ, र आयात प्रतिस्थापन हुँदै राष्ट्रिय अर्थतन्त्र बलियो बन्छ।

प्रतिक्रिया