logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • मतदानको सर्कसमा(कविता)

    मतदानको सर्कसमा(कविता)

    मतदानको सर्कसमा(कविता)

     

    तोमनाथ उप्रेती

     

    चिया पसलमा लोकतन्त्र उम्लिन्छ
    एक चम्चा जोश
    दुई चम्चा गाली
    चिनीचाहिँ नेता आफैँ।

    नेताहरू बादल हुन्
    चुनावअघि भारी
    चुनावपछि हलुका
    र वर्षा सधैँ जनतामाथि।

    मतपत्र कागज होइन
    त्यो त जनताको एक्स–रे हो
    जहाँ डर, लोभ र चिनाजानी
    स्पष्ट देखिन्छ।

    मैले अनुहार फेरेँ,
    तर दिमाग भने
    भाडामा नै थियो।

    नेताले भाषण गर्यो
    भविष्यको सपना
    भूतकालको कथा
    र वर्तमानको ढाकछोप।

    हामी ताली बजायौँ
    किनकि ताली बजाउनु
    सजिलो थियो
    सोच्नुभन्दा।

    मतदानको दिन आयो
    हामी लाममा उभियौँ
    चेतना घरमै छोडेर।

    ब्यालट बक्समा हाल्यौँ
    आफ्नै विवेक
    र बाहिर निस्केर भन्यौँ
    “अब नेता जिम्मेवार।”

    राति देश सुत्यो
    नेता उठ्यो
    र चेतना फेरि
    लोडसेडिङमा गयो।

    अन्त्यमा मैले बुझें
    देश अनुहारले होइन,
    चेतनाले बन्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन १९, मंगलवार ११:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP