हाइकुहरू
तोमनाथ उप्रेती
१.
सीमाको रेखा
मनले कोरेको मात्र
आकाश असीम।
२.
मेरो र तेरो
भेद हराउँछ जब
चेतना खुल्छ।
३.
नदी जस्तै मन
सागरमा बिलाउँछ
सबै एक हुन्छ।
४.
अहंकार झर्छ
पातझैँ शरद् बगेर
शान्ति पलाउँछ।
५.
भाषा धर्म टुट्छ
मानवता बोल्छ अब
एकता बाँच्दछ।
६.
साँघुरो सोचमा
संसार सानो देखिन्छ
दृष्टि बिस्तार।
७.
करुणा बग्छ
हृदयको नदी हुँदै
सीमा पग्लिन्छ।
८.
म होइन हामी
शब्द बदलिँदा मन
विश्व खुल्दछ।
९.
अन्धो विभाजन
चेतनाले तोडिदिन्छ
उज्यालो जन्म।
१०.
आकाश जस्तै मन
सबैलाई अँगाल्छ अब
शान्ति फैलिन्छ।
प्रतिक्रिया