बोदेबरसाईन। सप्तरीको बलान बिहुल गाउँपालिकालाई नेपाल स्थित चिनियाँ दूतावासबाट बर्थीङ्ग सेन्टरहरुमा ८ वटा बतानाकुलित एसी (AC) ब्यस्थापन गरि रिमोट हस्तान्तरण गर्नुभएको छ।
नेपाल स्थित चिनियाँ दूतावास प्रतिनिधि सिवाङ दत्तले गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवलाई हस्तान्तरण गर्नुभएको छ।
यस्तै दोस्रो चरणमा विद्यालयहरुमा डेस्क बेन्च, विद्यार्थीलाई झोला कापी तथा छात्रवृत्ति, दलित गरिब अवास कार्यक्रम , बलान नदीमा ठोस बाध निर्माण कार्यको गुरुयोजना सहित सहमती चिनियाँ दुताबाससंग भएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिनुभयो।
उक्त बतानाकुलित (AC) रिमोट हस्तान्तरण कार्यक्रममा मधेसी आयोगका निवर्तमान प्रमुख आयुक्त बिजय दत्त, अवकाश प्राप्त प्रधानाध्यापक दिनेश्वर यादब लागायतको सहभागी रहेको थियो।
प्रतिक्रिया