logo
  • २०८२ माघ ४ | Sun, 18 Jan 2026
  • मानराजा  विद्यालयले ७५ औं वार्षिकोत्सब मनाइयो

    मानराजा  विद्यालयले ७५ औं वार्षिकोत्सब मनाइयो

    बोदेबरसाईन।सप्तरीका श्री ५ महेन्द्र चुन्नी माध्यमिक विद्यालय बोदेबरसाईन–७ मानराजा विद्यालयले ७५ औं वार्षिकोत्सब तथा सम्पूर्ण गतिविधि सुनवाई कार्यक्रम विहीबार मनाएको छ। सो अवसरमा कार्यक्रममा सहभागी अभिभावक तथा वक्ताहरूले विद्यालयको शैक्षिक गतिविधि, इतिहास, वर्तमान अवस्था प्रति टिप्पणी गर्दै शैक्षिक सुधारका लागि सुझाव सहितको शुभकामना मन्तव्य राखेका थिए।
    विहीबार विद्यालयको प्राङ्गणमा एक भव्य समारोहका बिच कार्यक्रम सम्पन्न भएको हो।विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष दिगम्बर प्रसाद यादवको सभापतित्व तथा पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न छ।
    उक्त कार्यक्रममा बोल्द प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य यादवले विद्यार्थीहरूलाई गुणस्तरीय र व्यावहारिक शिक्षा प्रधान गरी दक्ष,सक्षम र नैतिकवान् नागरिक तयार गर्नु हामी सबैको जिम्मेवारी र दायित्व रहेको बताए। विद्यालयले लिने परिक्षाको नतिजा समयमै दिनपर्नेमा जोड दिएका थिए।
    फरक प्रसंगमा बोल्दै पूर्व मन्त्री यादवले दुई ठूला दलको मिलन अहिले देश दुर्घटना फसेको बताए । एमालेको हट र कांग्रेसको लोभले मूलक दलदलमा फसेको बताए।
    विद्यालयका प्रधानाध्यापक हेम किशोर यादवले प्रविधियुक्त गुणस्तरीय शिक्षा सहितको सुन्दर विद्यालय बनाउन निरन्तर अगाडि बढिरहेको बताएका थिए।प्रधानाध्यापक यादवले सिकाइमा प्रविधिको प्रयोग र मूल्याङ्कन तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यालयको मुख्य ध्येय रहेको संगै भौतिक सुविधाका दृष्टिले विद्यालय अहिले पनी कमजोर रहेकोले पुस्तकालय र विज्ञान प्रयोगशाला संचालनमा ल्याउन नसकेको बताए। उनले विद्यालय व्यवस्थापन समिति नहुदाँ विद्यालयको दैनिक प्रशासन चलाउन समस्या भई रहेकोले समयमै विद्यालय व्यवस्थापन गठनमा गरि दिएमा विद्यालयको व्यवस्थापनमा सहयोग पुग्ने बताएका थिए।
    विद्यालयमा शौचालयको अभाव र निर्माण भई सकेको भवनमा झयाल, ढोका र बेन्च डेस्कको अभाव रहेको बताउदैँ यस्ता अभावहरु चालू शैक्षिक सत्रमा समाधान गर्न श्रोत व्यवस्थापन लागि पहल भई प्रधानाध्यापक यादले बताउनुभयो।

    सोही कार्यक्रमको अवसरमा उक्त विद्यालउ पढने छात्रा बन्दाना कुमारी साह नगर स्तरीय कक्षा –८ को परिक्षमा उत्कृष्ट अंक ल्याउने र एसइइ परिक्षमा उत्कृष्ट अंक ल्याउने राजदेव रजकलाई रामचन्द्र यादव स्मृति प्रतिष्ठानले पुरस्कार प्रदान गरेको छ।
    कार्यक्रममा नगर शिक्षा अधिकृत रामसागर यादव, नेपाल प्रज्ञाप्रतिष्ठानका प्रज्ञासभा सदस्य तथा भाषा विद् डा.सूर्य प्रसाद यादव, नेपाली कांग्रसेका नगर सभापति ई. दिपेन्द्र यादव,वडा नम्बर—७ का अध्यक्ष विजय नारायण कापैर, विद्यालयका संस्थापक दाता परिवार सदस्य अजय कुमार यादव लगायतको सहभागिता रहेको थियो।

    विद्यालयले विद्यालयका संस्थापक स्व. गुन्जेश्वर प्रसाद यादवको शालिकमा माल्यापर्ण गरि समझेका थिए। संगै विद्यालयमा सब भन्दाबढी समय दिने शिक्षक र नियमित उपस्थित हुने विद्यार्थीलाई सम्मान गरेको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    3
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ मंसिर १२, शुक्रबार १७:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP