logo
  • २०८२ फाल्गुन २६ | Tue, 10 Mar 2026
  • विद्यालय समिति गठन अन्योलतासँगै आन्दोलनको चेतावनी

    विद्यालय समिति गठन अन्योलतासँगै आन्दोलनको चेतावनी

    राजविराज। सप्तरीको बलान विहुल गाउँपालिका -६ स्थित रहेको जागेस्वर गरहाई जनता माध्यमिक विद्यालय, सेहरा रा‌तहटमा नयाँ विद्यालय समिति गठनको विषयलाई लिएर अन्योलता उत्पन्न भएको छ।

    बिधालय परिसरमा २०८२ असार २८ गते शनिबार आयोजित भेलामा स्पष्ट निर्णय नहुनुका कारण सरोकारवाला नागरिकहरूमा चिन्ता बढेको छ।

    पुर्व प्राधानाध्यापक दिनेस्वर प्रसाद यादवकाे अगुवाइमा १६ जना व्यक्तिहरूले गाउँपालिका अध्यक्षलाई निवेदन बुझाउँदै विद्यालयमा अध्यापन बाहेकका कार्यहरू स्थगन गर्न आग्रह गरेका छन्। उनीहरूले एक साताभित्र विद्यालय व्यवस्थापनसम्बन्धी विषयमा समाधान प्रस्तुत गर्न पालिका प्रमुखको भौतिक उपस्थितिमा पहल गर्न अनुरोध गरेका छन्।

    समयसीमा भित्र ठोस कदम नचालिएमा जिल्ला शिक्षा इकाइ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण आयोग लगायत सम्बन्धित निकायहरूमा उजुरी दर्ता गर्ने चेतावनी समेत दिईएका छन्।

    यस्तै अवस्था रहिरहेमा विद्यालयमा तालाबन्दीसम्मको कदम चाल्न बाध्य हुने स्पष्ट संकेत पुर्व प्र अ यादबले जानकारी दिनुभयो।

    उक्त निवेदकहरूले विद्यालयमा पारदर्शिता, उत्तरदायित्व र स्थायी समाधानको माग राख्दै स्थानीय सरकारलाई पूर्ण जिम्मेवारी लिन आह्वान गरेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण ७, बुधबार ११:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP