लोकेन्द्र प्रसाद यादव
बोदे बर्साईन। सप्तरीको बोदे बर्साईन नगरपालिका –२ श्री जनता राष्ट्रिय प्राथमिक बौरहाले ४२ औँ वार्षिक उत्सव कार्यक्रम सोमबार सम्पन्न भएको छ।
सो वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठान प्रज्ञासभा सदस्य भाषाविद् डा. सूर्य प्रसाद यादवले सामुदायिक विद्यालयमा लोवसेवा आयोग मार्फत छनौट चरण पार गरेका शिक्षकहरुको प्रत्यक्ष निगरानी पढाई हुने ठाउँमा विद्यार्थी संख्या घटनु चिन्ताको विषय भएको बताउँदै शुल्क तिरेर निजि विद्यालयमा पढाउने फैसनको पछाडी अभिभावको ढाड सेकाई भई रहेको जिकिर गरे।

बोदे बरसाईन नगरपालिका नगर शिक्ष अधिकृत रामसागर यादवले सामुदायिक विद्यालय श्रोत साधनले पूर्ण रहेको र गुणस्तरीय शिक्षा दिई रहेकाले बालबालिकालाई विद्यालय भर्ना गराउन आग्रह गर्दे, भने हामी विद्यार्थीको शैक्षिक र व्यक्तिक विकाशका लागि अतरिक्त क्रियाकलाप देखि लिएर समयमै परिक्षा लिने नतिजा प्रकाशन र निरन्तर विद्याथीृको मूल्याङ्कन गर्ने गरेको बताए।
विद्यालयले वार्षिकोत्सब अतिथिहरूको स्वागतमा नृत्य तथा पठनसिप प्रतियोगिता समेत आयोजना गरेको थियो । नृत्य प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण समेत गरिएको प्रधानाध्यापक रमेश कुमार यादवले जानकारी दिए । अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न मनोरञ्जन समावेश गरिएको उनले बताए।
सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश कुमार यादवले विद्यालयको प्रगति विवरण तथा भावी योजना प्रस्तुत गरेका थिए ।
प्रधानाध्यापक यादवले आगामी दिनहरूमा विद्यालयलाई वाल मैत्री तथा प्रविधिमैत्रि बनाउन सरोकारवालाहरूको सहयोग आवश्यक रहेको बताउदैँ गुणस्तरीय शिक्षा दिनमा विद्यालयले कुनै कसर बाँकी नराख्ने भएकोले ढुःक भएर विद्यालयमा विद्यार्थी पठाउन अभिभावहरुमा आग्रह गर्नुभयो।
सो बिधालयका व्यवस्थापन समितिका अध्यक्ष अनिता देवीको अध्यक्षतामा ४२ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया