घुरन यादव
बोदे बरसाईन। सप्तरीको बोदे बरसाईन नगरपालिकामा प्रजातन्त्र दिवसको अवसरमा एक दिवसीय विज्ञान प्रदर्शनी मेला सुरू भएको छ ।
सो विज्ञान प्रदर्शन मेला बोदे बरसाईनका नगर प्रमुख आतेश कुमार सिंहले उद्घाटन गर्नु भयो।कार्यक्रममा अतिथिहरू वडा नम्बर-९ का वडा अध्यक्ष तपसी यादव, नेपाल प्रज्ञाप्रतिष्ठान प्रज्ञा सभा सदस्य डा.सूर्य प्रसाद यादव, नगर शिक्षा अधिकृत रामसागर यादव,पत्रकार लोकेन्द्र प्रसाद यादव लगायत विद्यार्थी, शिक्षक र स्थानीयहरूको उपस्थिति रहेको छ।
बोदे बरसाईन नगरपालिका नगर शिक्षा अधिकृत रामसागर यादवका अनुसार विज्ञान प्रदर्शनी मेलाले विद्यार्थीहरूमा विज्ञानप्रतिको रुचि र सृजनशीलता अभिवृद्धि गर्ने तथा समुदायमा विज्ञान र प्रविधिसम्बन्धी जनचेतना फैलाउने लक्ष्य राखेको छ ।
नगरस्तरीय शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रम २०८१ अन्तर्गत चित्रकला प्रतियोगिता (कक्षा १ देखि ५), नृत्य प्रतियोगिता(कक्षा ६देखि८ ) र विज्ञान प्रदर्शनी(कक्षा १देखि१२) सहभागी रहेका छन्। नगरपालिका भित्रका ३० सामुदायिक विद्यालयका सहभागि विद्यार्थीहरूले आ-आफ्ना परियोजनाहरू प्रदर्शनीमा राखेका छन्। सहभागि विद्यालयलाई यातायात खर्च, खाना सुविधाको व्यवस्था गरिएको छ।
बोदे बरसाईन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंहले यो कार्यक्रमले विद्यालहरूबिच वैज्ञानिक प्रतिस्पर्धा र ज्ञान आदानप्रदानको उत्कृष्ट थलो बन्ने बताए। नगरपालिकाले यस्ता विज्ञान प्रविधिसंग जोडी कृयाकलापलाई अगामी दिनमा पनि निरन्तरता दिने नगरप्रमुख सिंहको भनाइ रहेको छ।
श्री जनता आधारभूत विद्यालय दउरीका प्रधानाध्यापक जगदेव यादवले कार्यक्रममा सहभागी भएका अतिथि, शिक्षक , विद्यार्थी र स्थानीयहरूलाई स्वागत गरेका हुन्।
प्रतिक्रिया