logo
  • २०८३ कार्तिक १५ | Sat, 31 Oct 2026
  • ‎मानराजा–काचन सडक निर्माणका लागि बोलपत्र आह्वान

    ‎मानराजा–काचन सडक निर्माणका लागि बोलपत्र आह्वान

    लोकेन्द्र यादव
    ‎बोदेबरसाईन । सप्तरीको बोदेबरसाईन नगरपालिकाले वडा नम्बर ७ र ८ स्थित मानराजा र काचन जोड्ने सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको छ।
    ‎
    ‎संघीय सरकारको समपूरक अनुदानमा निर्माण हुने उक्त सडक बहुवर्षीय आयोजना हो।
    ‎
    ‎राष्ट्रिय योजना आयोगबाट यस आयोजनाका लागि चार करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामागर यादवले जानकारी दिए।
    ‎
    ‎यादवका अनुसार नगरपालिकाले शुक्रबार सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको हो।
    ‎
    ‎चालु बजेटबाट १ हजार २ सय मिटर सडक निर्माण गरिने नगरपालिकाका इन्जिनियर सनित साहले बताए।
    ‎
    ‎सडक निर्माणले मानराजा र काचन क्षेत्रका बासिन्दालाई आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ।
    ‎
    ‎यो बजेटबाट स्तरीय सडक बन्ने रूपरेखा तैयार हुने सडक लामो रहेकोले सडकको निर्माणकार्यलाई पूर्णता दिन थप बजेट जुटाउनुपर्ने देखिन्छन् ।
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ कार्तिक १५, शनिबार १०:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP