logo
  • २०८२ जेष्ठ ५ | Mon, 19 May 2025
  • कल्याणपुरमा खडक बहुमुखी क्याम्पस स्थापना भएसँगै पढाई सुरु, स्थानीय खुशी

    कल्याणपुरमा खडक बहुमुखी क्याम्पस स्थापना भएसँगै पढाई सुरु, स्थानीय खुशी

    लोकेन्द्र प्रसाद यादव
    बोदे बरसाईनःसप्तरीको खडक नगरपालिका—६ कल्याणपुर बजारमा अवस्थित खडक बहुमुखी क्याम्पसमा यस शैक्षिक वर्षदेखि स्नातक तहमा बिएडको अध्ययन सञ्चालन भएपछि स्थानीय खुशी भएका छन् । जिल्लाको पश्चिम भेगमा पूर्व पश्चिमा लोकमार्गमा छेउमा रहेका कल्याणपुर बजारमा खडक नगरपालिकाले समुदायस्तरमा खडक बहुमुखी क्याम्पस स्थापना गरेका हुन् ।
    अब घरबाटै बिएड पढ्न पाइने भएपछि यस भेगका विद्यार्थी उत्साहित भएका छन् । भने स्तानीय छात्राहरुलाई माथिल्लो शिक्षाका लागि राजविराज, लहान जाने बाध्यता टरने भएको छ।
    खडक नगरपालिका नगरप्रमुख जयप्रकाश चौधरीले स्थानीय गरिब विपन्न वर्गका विद्यार्थीहरुलाई उच्च शिक्षामा सहज पहुँच हुने र आर्थिक अभावका कारण बाहिर पढाई गर्न जान नसकी पढाईबाट बन्चित नहोस्,उद्देश्यले नगरपालिकाले क्याम्पस स्थापना गरेको जानकारी दिनुभयो। उहाँले क्याम्पसको वृद्धि विकासमा नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
    क्याम्पस संचलान तदर्थ समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख चौधरीले क्याम्पस समुदायको साझा सम्पति भएकोले क्याम्पसको वृत्ति,विकासका लागि समुदायका अगुवा र स्थानीय स्तरमा क्रियाशिल राजनीति दलको पनि क्याम्पसलाई सहयोगको आवश्यकता रहेको बताए।
    खडक नगरपालिका नगरसभाबाट क्याम्पस सञ्चालन, व्यवस्थापनका लागि रु १३ लाख १९ हजार रकम प्राप्त भएको खडक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोद चौधरीले बताउनुभयो । उनले भने बीस जना विद्यार्थी भर्ना भएकोमा जसमा पन्ध्र जना छात्रा रहेको र प्राध्यापक भर्ना प्रकृयामा रहेको क्याम्पस प्रमुख चौधरीले बताए।
    बिबएड अध्यन सञ्चालनका लागि खडक बहुमुखी क्याम्पसले पूर्वाञ्चल विश्वविद्यालय बिराटनगरबाट सम्बन्धन स्वीकृती पाइएको हो । सो क्याम्पसमा स्नातक तहमा बिबिएका शिक्षा संकायतर्फ गणित,अंग्रेजी,नेपाली समाजिक विषयमा पढाई भई रहेको छ ।
    क्याम्पसको आफ्नै भवन नभएकाले तत्काल नगरपालिकाको व्यवस्थापन भवानीप्रसाद,सकलप्रसाद,रामप्रसाद जनता माध्यमिक विद्यालयको भवनमा संचालन भई रहेको छ।
    स्थानीय कल्यायणपुर बजारका संजु कुमारी चौधरीले भने अनुसार बाहिरी ठाउँमा अध्ययन गर्न जाँदा कोठा भाडा लिनुपर्ने हुन्थ्यो, त्यस कारण अभिभावकलाई आर्थिक भार बढी हुन्थ्यो, अब आर्थिक भार कम हुनेभयो ।”
    यो हुलाकी क्याम्पस स्थापनाले स्थानीय छात्र, छात्राले प्रत्यक्ष लाभ पाउने भएका छन् । र क्याम्पसको आफनै जग्गा,भवन व्यवस्थापनका लागि पहल भई रहेको खडक नगरपालिकाले जनाएको छ।
    खडक बहुमुखी क्याम्पसको समुद्घाटन विसं.२०८० फागुन १२ गते नेपाल सरकार को उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले गर्नु भएको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ बैशाख १२, शुक्रबार २१:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP