लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन।सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर–३ स्थित रहेका राजेश्वरी माध्यमिक विद्यालयको नयाँ ठाउँमा चारकोठे पक्की भवन निर्माण हुने भएको छ।
बलान बिहुल गाउँपालिकाको ११ औं गाउँसभाको निर्णय अनुसार रू पच्वन्न लाखको लागतमा नयाँ ठाउँमा भवन निर्माण हुन लागेको वडा नम्बर–३ का वडा अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।
सो भवन निर्माण कार्ययको शिलान्यास गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले गर्नु भएको छ। सो कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष यादवले सामुदायिक विद्यालयमा शैक्षिक सुधारका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराखेकोले अभिभावकहरुलाई नियमित रुपमा विद्यालयको भर्न गर्न आग्रह गर्नुभयो।
उक्त विद्यालयमा विद्यार्थीको चाप रहेपनि ठाउँ अभावमा सांघुरो ठाउँमा पढाइ संचालन भई रहेको थियो । बलान बिहुल गाउँपालिका कार्यपालिकाको निर्णय अनुसार अब भवन निर्माण पुर्णता पाएपछि धौंसही पोखरीको डिलमा विद्यालय स्थानान्तरण हुनेछ।
सो विद्यालयमा प्राविधिक धारको पढाइ पनि संचालन गर्ने तैयारी रहेकोले एकीकृत रूपमा उपयुक्त ठाउँ छनौट भएपछि विकास निर्माण कार्यमा विदलयले अर्को फड्को मारेको प्रधानाध्यापक अमर मण्डलले बताए ।
भवन शिलान्यास कार्यक्रममा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव मंडलको समेत उपस्थिति रहेको थियो
प्रतिक्रिया