सिरहाः जिल्ला सिरहा महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमति पत्र पेश गरि राष्ट्रसेवक कर्मचारीका रुपमा कार्यरत रही भ्रष्टचार गरेको भनी शिक्षक टिक बहादुर मगर माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार धनगढीमाई नगरपालिका वडा नम्बर—९ चैनपुरमा रहेका उक्त विद्यालयको मा.वि. तहमा नियुक्ति हुनका लागि झुट्टा अनुमतिपत्र पेश गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज टिका भन्ने टिक बहादुर मगरले शिक्षक सेवा आयोगवाट जारी भएको नि.मा.वि. तहको अध्यापन अनुमति पत्रलाई मा.वि. तहको बनाई पटक पटक झुट्टा कागजात पेश गरी हालसम्म कार्यरत रही राष्ट्रसेवक कर्मचारीको रुपमा ओहदा, लाभ र सुविधा समेत प्राप्त गरेको अख्तियारले जनाएको छ।
आरोपित शिक्षक माथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो।
प्रतिक्रिया