बोदे बरसाईन। ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बोदे बरसाईन उपसेवा केन्द्रले २० औं वार्षिकोत्सव एवम् स्नेह मिलन कार्यक्रम मनाइएका छन् ।
सो कार्यक्रमका प्रमुख अतिथि बोदे बरसाईन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंहले ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको सामाजिक परिवर्तनको साथसाथै सनातन सेवा, मितव्ययीता, पारर्दर्शीता योग लगायतका सेवा र योगदान सवैले सिको गर्ने खालको रहेको बताउनुभयो । उहाँले सकरात्मक चिन्तनको लागि मानिस आध्यात्मिक, सादगी र सरल हुनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा पत्रकार दिनानाथ यादव , राससकर्मी पत्रकार उमेश कुमार साहले असल ज्ञानले ईश्वरीय साधनामा लाग्न प्रेरित गर्ने धारणा राख्नुभयो । संस्कार, मूल्य मान्यता स्थापित गरी सामाजिक रुपान्तरण गर्न ब्रह्ककुमारी ईश्वरीय विश्वविद्यालयको विशेष योगदान रहेको सहभागी वक्ताहरूको भनाई थियो ।
राजविराज क्षेत्रका मुख्यप्रभारी ब्रह्मकुमारी भगवती दिदी, सप्तकोशी उपसेवा केन्द्रका संचालीका मिरा दिदी लगायतको उपस्थिति थियो । बोदे बरसाईन उपसेवा केन्द्रले २० औं वार्षिकोत्सव एवम् स्नेह मिलन कार्यक्रम केनद्रका संचालिका पुनम दिदीको अध्यक्षतामा सम्पन्न भएको हो।
प्रतिक्रिया