काठमाडौं। भारत सरकारले नेपालका सातवटै प्रदेशका ३३ जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई ४० वटा एम्बुलेन्स प्रदान गरेको छ।
भारतीय दूतावासले शनिबार जारी गरेको विज्ञप्ति अनुसार ती एम्बुलेन्सहरू काठमाडौं, पोखरा, धरान र वीरगञ्जमार्फत सम्बन्धित संस्थाहरूलाई हस्तान्तरण गरिएको हो ।

दूतावासका अनुसार काठमाडौंमा आयोजित कार्यक्रममा २२ वटा एम्बुलेन्स दूतावासमार्फत् हस्तान्तरण गरिएका हुन् भने बाँकी एम्बुलेन्स वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास, पोखराको भारत सरकारका प्रतिनिधि कार्यालय र धरानमार्फत् हस्तान्तरण गरिएको हो ।
भारत सरकारले विगत तीन दशकदेखि नेपालभरका विभिन्न सामाजिक संस्थालाई एम्बुलेन्स र स्कूल बस उपहार दिँदै आएको छ ।
प्रतिक्रिया