logo
  • २०८३ जेष्ठ २७ | Wed, 10 Jun 2026
  • सप्तरी : रास्वपा जिल्ला अधिवेशनमा सहमति जुटेन मंगलबार चुनाव हुने

    सप्तरी : रास्वपा जिल्ला अधिवेशनमा सहमति जुटेन मंगलबार चुनाव हुने

    राजबिराज । सप्तरीको राजबिराज स्थित जिल्ला समन्वय समितिको सभा हलमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम जिल्ला अधिवेशन पदाधिकारीको विषयमा अबेर रातिसम्म उम्मेदवारहरू बिच सहमति जुटन सकेन ।

    पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य र पार्टीको जिल्ला पदाधिकारीहरूको बैठकले सहमतिमा सर्वसम्मत रूपमा जिल्ला सभापति देखि लिएर सबै पदमा उम्मेदवारीको टुंगो लगाउने गरेको प्रयास विफल भएपछि निर्वाचन प्रकृयामा जाने सहमति भएको हो ।

    रास्वपा निर्वाचन समिति सप्तरीका संयोजक बिरेन्द्र मेहताका अधिवेशन अन्तर्गत परेका उम्मेद‌वारहरू बीच आपसी समझदारी र सहमतीमा निर्वाचन नै गर्ने निर्णय भएकोले भोली मंगलवार विहान ११ बजे देखी निर्वाचन गर्ने निर्णय भएको बताए ।

    मेहताका अनुसार अन्तिम मत‌दाता नमावली प्रकाशन समय विहान ९ बजे र मतदान समय विहान ११ बजे देखी जिल्ला समन्वय समितिको हलमा  हुने जनाएको छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ जेष्ठ २५, सोमबार २३:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP