लोकेन्द्र प्रसाद यादव
बोदेबरसाईन।जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक बिरेन्द्र कुमार पासमानलाई जेठ महिनाको कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै ‘Police of The Month’ बाट सम्मानितबाट सम्मानित गरेको छ।
नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारीमा उच्च लगनशीलता, कर्तव्यनिष्ठा र प्रभावकारी सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका प्रहरी नायव उपरीक्षक डिएसपी बिरेन्द्र कुमार पासवानलाई ‘Police of The Month’ घोषणा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाले २०८२ साल जेठ महिनाका लागि प्र.ना.उ. पासवानलाई संगठनको श्रीवृद्धि, नागरिकसँगको सम्बन्ध सुदृढीकरण तथा शान्ति सुरक्षाको प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको भन्दै उक्त उपाधिबाट सम्मान गरेको हो।
डिएसपी पासवानले सिरहा जिल्लामा लागुऔषध नियन्त्रण, अवैध हतियार बरामद, फरार प्रतिवादीहरू पक्राउ, बालबालिका तथा महिला हिंसा नियन्त्रण, ट्राफिक व्यवस्थापन सुधारजस्ता महत्वपूर्ण अभियानहरूमा नेतृत्वदायी भूमिका खेलेका छन्।
पासवानले संगठनले तोकेको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै सर्वसाधारणमा सुरक्षा अनुभूति गराउन सफल भूमिका खेलेका छन्। साथै, उनी सूचना व्यवस्थापन तथा प्रहरी–सर्वसाधारण समन्वयमा समेत सधैं क्रियाशील रहँदै आएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाले उनलाई सम्मान गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्य प्रदर्शनका लागि शुभकामना व्यक्त गरेको छ।
प्रतिक्रिया