logo
  • २०८३ बैशाख १७ | Thu, 30 Apr 2026
  • लालपुर्जा वितरण

    लालपुर्जा वितरण

    उमेश कुमार साह
    बोदेबर्साईन। सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका–४ स्थित सिल्हट पर्साहीका १ सय २० परिवारलाई गाउँब्लक जग्गाको लालपूर्जा वितरण गरिएको छ। नगरपालिका र नापी कार्यालय सप्तरीको संयुक्त पहलमा बुधबार आयोजित कार्यक्रममा ती परिवारलाई औपचारिक रूपमा जग्गाको स्वामित्व प्रमाणपत्र (लालपूर्जा) प्रदान गरिएको हो।

    लामो समयदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आए पनि कानुनी स्वामित्व नपाएका स्थानीयवासीले लालपूर्जा पाएसँगै स्थायी अधिकार प्राप्त गरेका छन्। नापी कार्यालय सप्तरी अन्तर्गत ३ नम्बर नापी टोली राजविराजका प्रमुख सतीश यादवका अनुसार साविकको फुलकाही गाविस वडा नं. ६ देखि ९ सम्मका करिब ६० प्रतिशत लालपूर्जा वितरण गरिसकिएको छ। बाँकी लाभग्राहीका लागि २१ दिने सूचना प्रकाशन गर्ने तयारी भइरहेको बताइएको छ।

    “केही स्थानमा नक्सासम्बन्धी समस्या देखिएकाले तत्काल वितरण सम्भव भएन, तर सुधार गरी ती लालपूर्जा पनि चाँडै उपलब्ध गराइनेछ,” यादवले जानकारी दिए।

    नगर प्रमुख आतेशकुमार सिंहले बाँकी वडाहरूमा पनि लालपूर्जा वितरणको प्रक्रिया अगाडि बढाइने बताए। “पुस्तौँदेखि बसोबास गर्दै आएका नागरिक लालपूर्जा नहुँदा सरकारी सेवा, कर्जा सुविधा, घरजग्गा दर्ता लगायतका धेरै समस्यामा परेका थिए,” मेयर सिंहले भने, “अब विस्तारै सम्पूर्ण नगरभरिका गाउँब्लक जग्गाधनीलाई लालपूर्जा प्रदान गरिनेछ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ३२, बुधबार २२:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP