logo
  • २०८२ आश्विन २८ | Tue, 14 Oct 2025
  • सप्तरी प्रशासन एक्सनमा विदाको समयमा सरकारी गाडी प्रयोग गर्न नपाउने

    सप्तरी प्रशासन एक्सनमा विदाको समयमा सरकारी गाडी प्रयोग गर्न नपाउने

    राजविराज।सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोग गर्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक कार्य बाहेक सरकारी सवारी साधन प्रयोग गर्न नपाइने जनाएको हो ।

    प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानको हस्ताक्षरमा जारी सूचनामा कार्यालयको अतिआवश्यक कामकाज बाहेक सरकारी गाडी प्रयोग नगर्न आग्रह गरिएको छ । सरकारी गाडी प्रयोग गर्दा अनिवार्य सवारी अनुमानित लिएर मात्र प्रयोग गर्न अनुरोध गर्दै जारी सूचनामा सवारी पास अनुमतिबिना प्रयोग गरिएमा कार्यालय प्रमुख आफै जिम्मेवार हुने उल्लेख्य छ ।

    सरकारी गाडी दुरुपयोग गरिएको पाइएमा कानून बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी सूचनामा जनाइएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन १३, सोमबार ११:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP