logo
  • २०८२ बैशाख ११ | Thu, 24 Apr 2025
  • सारस्वरमा चार ७८ जनाले गराए निःशुल्क स्वास्थ्य परीक्षण

    सारस्वरमा चार ७८ जनाले गराए निःशुल्क स्वास्थ्य परीक्षण

    लोकेन्द्र प्रसाद यादव
    बोदे बरसाईन। नबिल बैंक लिमिटेडले सप्तरीको बोदेबरसाइन नगरपालिका–३ मा दलित, सीमान्तकृत तथा विपन्न वर्गका महिला तथा पुरुषको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल (हर्ड नेपाल) सँगको संयुक्त आयोजना, बोदेबरसाइन नगरापालिका वडा नम्बर– ३ कार्यालयको संयोजन तथा बिराट मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको (हर्ड नेपाल) का कार्यकारी निर्देशक राकेश कुमार यादवले जनाएको छ।

    मधेश प्रदेशमा अझैपनि धेरै दलित, सीमान्तकृत तथा विपन्न वर्गका समुदायहरु छन्।जसमा शिक्षा, स्वास्थ्य, सफा खानेपानी आदिको पहुँच अझै पुगेको छैन । यसबाट ति समुदायहरुमा स्वास्थ्यसम्बन्धि विभिन्न समस्या देखा पर्ने समस्याका कारण शिविर आयोजना गरिएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । स्वास्थ्य शिविरले ति समुदायका व्यक्तिहरूको स्वास्थ्य जाँच, सरसफाइको महत्वबारे जागरूकता र स्वास्थ्य सेवामा पहुँच उपलब्ध गराइएको उनले बताए ।
    स्वास्थ्य शिविरमा दलित, सीमान्तकृत तथा विपन्न वर्गको समुदाय तथा अन्य स्थानीय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा बोदेबरसाइन नगरपालिका–३ का वडा अध्यक्ष शिव नारायण यादवले मधेशका दलित, सीमान्तकृत तथा विपन्न वर्गहरुको समुदायमा आएर स्वास्थ्य शिविर सञ्चालन गर्नु सराहनीय कार्य रहेको प्रतिक्रिया दिए । विपन्न समाजको सामाजिक उन्नयनमा बैंक तथा सामाजिक संस्थाहरूले सहयोग गर्दा अझ सजिलो भएको उनको भनाइ थियो । उनले नबिल बैंक र हर्ड नेपालको यस सहयोगका लागि धन्यावाद दिँदै आगामी दिनमा पनि अझ सहयोगको अपेक्षा गरेको बताए ।

    नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न सामाजिक कार्य गर्दै आएको छ । भविष्यमा पनि समाजको समग्र सुधारका लागि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने नबिल बैंकले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन ९, शुक्रबार १९:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP