logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • मधेस प्रदेश संसदीय अनुगमन विशेष समितिबाट तिवारीद्वारा राजीनामा

    मधेस प्रदेश संसदीय अनुगमन विशेष समितिबाट तिवारीद्वारा राजीनामा

    मधेस प्रदेशको संसदीय अनुगमन विशेष समितिबाट सांसद रानी शर्मा तिवारीले राजीनामा दिएकी छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट सदस्य रहेकी उनले समितिमा सत्तापक्षकै हालीमुहाली रहेकाले आफूले राजीनामा दिएको बताइन् ।

    उनले अनुगमनको क्रममा सम्बन्धित मन्त्रालयहरुले समितिलाई आवश्यक कागजातहरु समयमा उपलब्ध समेत नगराएको आरोप लगाइन् । समितिका सत्तापक्षीय सदस्यहरुको कार्यअवस्था तथा सरकारको असहयोगका कारण सिँचाई डिभिजन कार्यालय सप्तरीद्वारा संचालन भएको २० करोड रुपैयाँको योजनाहरुको निष्पक्ष अनुगमन गरी सत्यतथ्य पत्ता लगाउन समितिले पाएको १५ दिनको म्यादभित्र प्रतिवेदन पेश गर्न सक्ने अवस्था नरहेको पनि उनले बताएकी छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ भाद्र १२, आईतवार ०५:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP