logo
  • २०८२ पुष ३० | Wed, 14 Jan 2026
  • तिलाठी कोईलाडी: बालविवाह मुक्त गाउँपालिका घोषणा

    तिलाठी कोईलाडी: बालविवाह मुक्त गाउँपालिका घोषणा

    विज्ञापन

    बोदेबरसाईन। बालविवाहलाई न्यूनीकरण गर्दै समाजलाई स्वस्थ्य र सुरक्षित बनाउने उद्देश्यका साथ तिलाठी कोईलाडी गाउँपालिकालाई बुधवार बिशेष समारोहका बीच बालविवाह मुक्त  गाउँपालिका घोषणा गरेका छन् ।

    कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न संघ संस्था, विद्यालय, शिक्षक, अभिभावक तथा समुदायका अगुवाहरुको उपस्थितीमा घोषणा कार्य गरेका छन् ।

    कार्यक्रममका वक्ताहरुले बाल अधिकार सुनिश्चित गर्न बालविवाह अन्त्य अत्यावश्यक भएको उल्लेख गर्दै यस घोषणाले समाजमा सकारात्मक सन्देश पुर्याउने विश्वास व्यक्त गरेका छन्।बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने, समुदायमा सचेतना फैलाउने र कानुनी व्यवस्था कार्यान्वयनमा सशक्त भुमिका निर्वाह गर्न सबै क्षेत्र सहकार्यमा जुट्न समेत आग्रह गरे ।

     

    कार्यक्रम मार्फत बालविवाह विरुद्ध सामुदायिक प्रतिवद्धता सार्वजनिक गरिएको थियो । साथै विद्यालय, अभिभवाक, महिला समूह तथा युवा समुहले बालविाह हुन नदिन सक्रिय भुमिकामा रहने संकल्ष् समेत व्यक्त गरेका छन् ।

    कार्यक्रम तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतमा संचालन भएको कार्यक्रममा प्रेस जनमत को केन्द्रिय अध्यक्ष अबधेश झा, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार बैधनाथ यादव, सेभ द चिल्ड्रेनका प्रतिनिधि मकर बहादुर सार्की, बाल कल्याण अधिकारी शैलेन्द्र सिंहले शुभकामान मन्त्वय दिएका थिए ।

    कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार कर्णले स्वागत मन्त्वय दिनुका साथै दीपक कुमार मण्डलले कार्यक्रम संचालन गरेका थिए ।

    विज्ञापन

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ पुष १७, बिहीबार ०६:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP