बोदेबरसाईन। अगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सप्तरीको बलान बिहुल गाउँपालिका मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने क्रम तीव्र बनेको छ।
रास्वपा नेता दयानन्द गोईतले संगठन विस्तारलाई अघि बढाइरहेका छन्। यहीँ क्रममा बलान बिहुल गाउँपालिका वडा नम्बर–१ अन्तर्गत बलानपटीका बिसुनदेब मण्डल, मल्हनियाका रामचन्द्र पासमान, सियालाल पासमान तथा नयाँ टोल मल्हनियाका देवराम मण्डल खत्वे रास्वपामा प्रवेश गरेका छन्। त्यसैगरी वडा नम्बर–२ चन्हिका चन्दर मण्डल पनि रास्वपामा आबद्ध भएका छन्।
नवप्रवेशीहरूलाई रास्वपा नेता गोईतले पार्टीमा स्वागत गर्दै आगामी निर्वाचनमा पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। पार्टी प्रवेशसँगै सप्तरी क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण सहयोग पुग्ने नेता गोईतको दाबी रहेको छ।
प्रतिक्रिया