logo
  • २०८३ श्रावण ९ | Sat, 25 Jul 2026
  • सप्तरीमा ३३ क्विन्टलभन्दा बढी गाँजा बरामद, तीन सवारीसाधन नियन्त्रणमा

    सप्तरीमा ३३ क्विन्टलभन्दा बढी गाँजा बरामद, तीन सवारीसाधन नियन्त्रणमा

    बोदेबरसाईन । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले गाँजा ओसारपसार प्रयोग भएका तीनवटा सवारीसाधन नियन्त्रणमा लिएको छ। घटनामा संलग्न तीनै सवारीसाधनका चालक तथा सहयोगीहरू फरार रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार राति करिब १ बजे प्रहरी निरीक्षक विजय कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित हनुमाननगर–रामपुर मल्हनिया सडकखण्डमा चेकजाँच गरेको थियो। सो क्रममा तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो।

    प्रहरीले बा.प्र.०१–०२५ च ०४३६ नम्बरको सेतो स्कार्पियोबाट १९ वटा प्लास्टिकका बोरामा रहेको ५ क्विन्टल २३ किलो ६४० ग्राम यस्तै प्र.१–०४–००१ च १५०७ नम्बरको सेतो पिकअपबाट ४८ वटा बोरामा रहेको १६ क्विन्टल ६८ किलो ११० ग्राम र बा.प्र.०१–०२९ च ९५८६ नम्बरको सेतो पिकअपबाट ३३ वटा बोरामा रहेको ११ क्विन्टल ७० किलो ७१० ग्राम गाँजा बरामद गरेको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार गाँजा प्लास्टिकका बोरा बाहेक डिजिटल तराजुबाट गरिएको तौलअनुसार जम्मा ३३ क्विन्टल ३२ किलो ४६० ग्राम गाँजा बरामद भएको बताए । उनले लागूऔषध ओसारपसारमा प्रयोग भएको एक थान मोबाइल फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

    बरामद गाँजा, सवारीसाधन र मोबाइल जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ। फरार रहेका चालकहरूको खोजी जारी रहेको तथा घटनाबारे थप अनुसन्धानसँगै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ श्रावण ७, बिहीबार १८:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP