अरण यादव अक्षय
राजविराज। सप्तरीको बिष्णुपुर गाउँँपालिका वडा नं. ४ वडालाई “नै करू बियाहके बात, बियाह करू बीस बर्षके वाद” नारा सहि आइतबार वडा बालबिवाह मुक्त घोषणाा गरिएको छ ।
सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा वडा कार्यालयले श्री जनता मा.बि. कनकटामा आयोजना गरिएको एक सहारोका बिच उक्त वडालाई बालबिवाह मुक्त घोषणाा गरिएको हो ।
सो अवसमा कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवले ब्यानर पढेर बाल बिवाह वडालाई घोषणा गर्नुभयो ।
वडा अध्यक्ष श्रीचन साहको अध्यक्षतामा सम्पन्न भएको बालबिवाह वडा मुक्त घोषणा समहारोमा वडा नं. ७ का वडा अध्यक्ष लोचन साह, बिद्यालयका निमित प्रअ छत्र नारायण यादव,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनुप सागर साह,डिहवार राप्राविका पुर्व बिबस अध्यक्ष राजदेव, समाजसेवी वीरेन्द्र साह,रामकुमार यादव र वडा नं. ४ का वडा सदस्य धनराज मण्डल,रामचलितर मण्डल,अनिरा सदा,राधादेवी साह लगायतका वक्तताहरुले कम उमेरमा बिवाह गर्नाले शरिक मानसिक तथा आर्थिक भार पर्ने भएकोले बीस बर्ष परा गरेर मात्र बिवाह गर्न स्थानियहरु लाई आग्रह गरेका छन । साथै बालबिवाह मुक्त घोषाणाले मात्र हुदैन यसको कार्यन्वयन समेत हुनुपर्नेमा जोड दिएका छन ।
वडा बालबिवाह मुक्त कार्यक्रममा बालबिवाह बारे जनचेतना र नृतिय प्रस्तुत गरेका थिए भने बालबिवाह मुक्त गराउनमा सहयोग गर्ने विभिन्न व्यक्ति लाई प्रसंशा पत्र बितरण गरिएको थियो।
प्रतिक्रिया