logo
  • २०८२ पुष ३० | Wed, 14 Jan 2026
  • अष्ट्रेलियाको उडान मिस गरेपछि यी क्रिकेटर विश्वकप टोलीबाट आउट

    अष्ट्रेलियाको उडान मिस गरेपछि यी क्रिकेटर विश्वकप टोलीबाट आउट

    वेस्ट इन्डिजले शिमरोन हेटमायरलाई टी–२० विश्वकपको टोलीबाट हटाएको छ । उनको स्थानमा शम्रा ब्रुक्सलाई टोलीमा समावेश गरिएको छ ।  हेटमायरलाई वेस्ट इन्डिज क्रिकेट बोर्डले सर्वसम्मतिले टिमबाट हटाएको हो । कारण उनले अष्ट्रेलियाको उडान मिस गरे र यो पहिलो पटक भएको थिएन ।

    हेटमायरले दोस्रो पटक अष्ट्रेलियाको उडान गुमाएका थिए र परिणाम स्वरूप, वेस्ट इन्डिज क्रिकेट बोर्डले उनलाई टोलीबाट बाहिरिने बाटो देखायो। क्यारेबियन प्रिमियर लिग शनिबार सकिएपछि वेष्ट इन्डिज टोली विभिन्न समूहमा अष्ट्रेलिया प्रस्थान गरेका थिए । हेटमायर यसअघि अक्टोबर १ मा अष्ट्रेलिया जाने कार्यक्रम थियो । तर उनले व्यक्तिगत कारणले उडानको मिति परिवर्तन गरेका थिए । वेस्ट इन्डिज क्रिकेट बोर्डले सोमबार अक्टोबर ३ मा उनको उडान बुक गरेको थियो ।

    तर हेटमायरले पछि क्रिकेट वेस्ट इन्डिजका निर्देशक जिमी एडम्सलाई भने कि उनी पनि यो उडानमा जान सक्दैनन्। त्यसपछि वेस्ट इन्डिज क्रिकेट बोर्डको छनोट समितिले शम्रा ब्रुक्सलाई टी–२० विश्वकपको टोलीमा समावेश गर्ने सर्वसम्मतिले निर्णय गर्‍यो र यो कुरा आईसीसीलाई पनि जानकारी गराएको जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ आश्विन १८, मंगलवार ०८:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP