लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन। प्रथम माँ मुसहरनियाँ खुल्ला महिला भलिवल नकआउट प्रतियोगिता २०८१ उदघाटन समारोहको पहिलो खेलमा कोशी प्रादेशिक भलिबल टिम दमक, झापा विजयी भएको छ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर—८ धाँती बजारमा सोमबार देखिसुरु भएको झापाले एभरेस्ट स्पोट्र्स एकेडेमी भलिबल टिम सर्लाहीलाई ३—० ले पराजित गरेको हो। प्रतियोगिताको पहिलो खेलमा सर्लाहीमाथि दमक झापाले एकतर्फी जित निकालेको हो।
सप्तरीको ग्रामिण क्षेत्रमा बिरलै हुने महिला भलिबल प्रतियोगिता हेर्न दर्शकको अत्यधिक भिड लागेको थियो।
सुरुङ्गा नगरपालिका नगरप्रमुख गीता चौधरीको प्रमुख आतिथ्यमा सुभारम्भ भलिबल खेलमा अतिथिहरुमा नगरउप्रमुख रुद्र बहादुर कार्की, पूर्व नगरप्रमुख मुक्तिनाथ चौधरी, प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार पासमान लगायतको उपस्तिति रहेको थियो।
प्रतियोगितको विजेता टिमले नगद रु. एक लाख २१ हजार पुरस्कार राशी र ट्रफी पाउने छ।भने उप—विजेता टिमले पचासी हजार ट्रफी सहित पाउने छ।भने तीतृय हुने टिमले सनतवाना पुरस्कारको रुपमा रु. पच्चिस हजार पाउने एमएमसी क्लबको संयोजक आनन्द प्रसाद चौधरीले जानकारी दिनुभयो ।
नकआउटको नियम अधारित जारी प्रतियोगिता कुल आठ टिमको सहभागीता रहेको छ।
प्रतिक्रिया