काठमाडौं। नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। शनिवार सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा सिंगापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो।
मलेसियामा भएको खेलमा फाइनलमा नेपालले पाएको ११४ रन झिनो लक्ष्य भेट्टाउन निकै संघर्ष गर्नुपरेको थियो। २९ ओभरको अन्तिम बलमा अभय यादवले छक्का प्रहार गर्दै जित दिलाएका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरको टोलीलाई नेपाली बलरले ४१ ओभर शानदार बलिङ गदै ४११३ रनमै अलआउट पारेका थिए। ११४ रन पछ्याएको नेपालको ब्याटिङ पनि सुखद् रहन सकेन। नेपालले लगातार ८ विकेट गुमाइसकेको थियो। तर, अन्तिम अवस्थामा नेपालले आफ्नो हार जोगाउँदै जित निकालेको छ।
प्रतिक्रिया