logo
  • २०८२ माघ ४ | Sun, 18 Jan 2026
  • बनौलामा १५ औं टि-२० क्रिकेट प्रतियोगिता सुरू

    बनौलामा १५ औं टि-२० क्रिकेट प्रतियोगिता सुरू

    बोदेबरसाईन। सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौलामा १५ औं गोल्डेन क्रीकेट क्लब बनौला द्वारा आयोजना गरेको प्रतियोगिताको आज बिहीबार एक कार्यक्रमको बीच उद्घाटन भएको छ।

    उक्त क्रिकेट प्रतियोगिताको उद्घाटन नगरप्रमुख राम लखन मलाहले भएको छ। उद्घाटन समारोहमा मन्तव्य राख्दै नगरप्रमुख मलाहले भने नगरपालिकाले खेलमैदानलाई व्यवस्थित बनाउनका लागि लगानी गर्ने बताएका हुन्। उनले भने समृद्धिको यात्रालाई सफल बनाउन खेलकुदको पनि त्यतिकै महत्त्व रहेको बताए ।

    जारी क्रिकेट प्रतियोगिता उद्घाटन समारोहमा नगर उपप्रमुख मिरा कुमारी यादव, वडा नम्बर १० का वडा अध्यक्ष कुन्जीलाल चौधरी,
    खेलमैदान जग्गा दाता परिवारका सदस्य सुर्य नारायण साह लगायतको उपस्थिति रहेको थियो।

    आजबाट सुरु भएको खेलमा मधेस प्रदेशका विभिन्न जिल्ला लगायत भारत बिहारको गरि जम्मा १६ वटा टिमको सहभागीता रहने गोल्डेन क्रीकेट क्लब बनौलाका अध्यक्ष सुन्देश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

    आजको उद्घाटन खेलमा जिल्लाको बोदे बर्साईन र बिहार जिल्लाको जयनगर बिचमा प्रतिस्पर्धा भएको थियो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ माघ १, बिहीबार २३:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP